गैंडा सामुदायिक पर्यटन सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न

रत्ननगर । रत्ननगर वडा नं ६ सौराहामा रहेको गैंडा सामुदायिक पर्यटन सहकारी संस्था लि. १२औं बार्षिक साधारण सभा बिहीबार गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष अनिल अर्यालले बार्षिक कार्ययोजना, संस्थाका सचिव गोपिकृष्ण विडारीले प्रगति प्रतिवेदन,कोषाध्यक्ष विन्दु बानियाले आर्थिक प्रतिवेदन र लेखा समितिकी सदस्य रश्मी भारतीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अबसरमा संस्थाको संस्थागत तथा आर्थिक विकासमा योगदान दिएका शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान गरिएको छ । उत्कृष्ट संचालक समितिको सदस्यमा सीता रिजाल, असल ऋणिको रुपमा कननी महतो, असल दैनिक बचतकर्तामा राजेन्द्र प्रसाद खरेल, उत्कृष्ट शेयर खरिदमा मन्जु चौधरी, उत्कृष्ट बाल बचतकर्तामा रोमन लामिछाने र रासी अधिकारी, कम उमेरको वालबचतकर्तामा प्रेसिका चौधरी, एसइई दिने बाल बचतकर्ताहरु रिसचबाबु श्रेष्ठ, निरज कार्की, विशेष लोप्चन र प्रिन्स जिसी तथा ज्येष्ठ शेयर सदस्यहरु बासुदेब चौधरी र तुलसीप्रसाद सुवेदी तथा पूर्व सञ्चालक समितिलाई सम्मान गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष अनिल अर्यालले संस्थाले गर्ने आर्थिक कारोवारलाई शेयर सदस्यको आयआर्जनमा जोडिएको बताए । उत्पादनशिल क्षेत्रमा लगानी गरिएको भन्दै अध्यक्ष अर्यालले आर्थिक अबस्था कमजोर भएका शेयर सदस्यहरुको हितमा लगानी बढाइएको बताए । कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ६ की वडा सदस्य केशरीमाया सुनार, सौराहा सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष शेरबहादुर परियार, गैंडा सामुदायिक पर्यटन सहकारी संस्थाका संस्थापक अध्यक्ष शिरलाल परियार, सौराहा सामुदायिक पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, साना किसान कृषि सहकारी संस्थाकी उपाध्यक्ष जरिमाया तामाङ, रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमाल लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सीता रिजालले स्वागत मन्तव्य तथा व्यवस्थापक शोभा पाठकले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.