बेष्ट टिकटकरलाई केटिएम सुज चितवन नेपाली जुत्ता घरको १० हजारसम्म उपहार

चितवन – नयाँ शोरुम शुभारम्भको अवसरमा जुत्ता एक्सचेञ्ज अफर सहित नारायणगढको पुल्चोकमा सन्चालनमा आएको ‘चितवन नेपाली जुत्ता घर’ ले टिकटक लभरहरुका लागि “बेष्ट टिकटक अफर” ल्याएको छ । यो एक किसिमको प्रतियोगिता हो जसमा सबै उमेर समुहका ब्यक्तिहरुले भाग लिन सक्नेछन् ।

प्रतियोगितामा प्रथम, दित्तिय र तृतीय हुने बिजेताहरुले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय पुरस्कार पाउनेछन् । टिकटक भिडियो बनाउदा “चितवन नेपाली जुत्ता घर’ मा बनाउने लगायतका केही कण्डिसन राखिएको छ जुन आयोजकले बताउनेछन । प्रतियोगिताको अवधी असोज १६ गतेदेखी असोज मसान्तसम्म १५ दिनको हुनेछ । १५ दिन भित्र सबैभन्दा धेरै भ्युज प्रतियोगी बिजाता बन्नेछन् ।

पछिल्लो समय टिकटक डिजिटल प्लेटफर्ममा बच्चादेखि बुढासम्मको बढ्दो आकर्षण पाइएको छ । टिकटक हरेक उमेर समुहका ब्यक्तिहरुले आफ्नो प्रतिभा देखाउने थलो बनिरहेको छ । देश तथा बिदेशमा रहेका ठुला देखि साना धेरै स्थापित कम्पनिहरुले आफ्नो ब्रान्ड प्रमोसनका लागि पनि टिकटक प्लेटफर्मको प्रयोग गर्दै आइरहेका छन भने शिक्षा, स्वास्थ, कृषी, पर्यटन, उधोग लगायतका क्षेत्रहरूमा भित्रीएका नयाँ प्रबिधिहरुको सरल जानकारी पनि यस्मा हेर्न पाइन्छ ।

टिकटक प्रयोगकर्ताहरुलाइ थप रचनात्मक बनाउन प्रोत्साहन स्वरुप टिकटक प्रतियोगिताको आयोजना गर्न लागेको चितवन नेपाली जुत्ता घरका संचालक प्रमोद महतोले बताए । यो प्रतियोगिताले टिकटक बनाउनेलाइ पुरस्कृत गर्दछ, हेर्नेलाइ सन्देश प्रवाह गर्दछ र आयोजकलाई प्रवर्द्धन गर्दछ । उनी भन्छन् कुनै न कुनै रुपमा यो प्रतियोगिताले सबैलाई जिताउनेमा हामी बिश्वस्त छौं ।

नारायणगढको गङगोत्री मार्ग, (होटल गङगोत्री सङ्गै) पहिलो तलामा रहेको “चितवन नेपाली जुत्ता घर” नेपालकै प्रख्यात ब्राण्ड केटिएम सुज र सम्राट सुजका आधुनिक डिजाइनका जुत्ता चप्पल रहेका छन् । चितवनबासीका लागि स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता सस्तो मुल्यमा उपलब्ध गराउनका लागि चितवन नेपाली जुत्ता घर संचालनमा ल्याएको संचालक प्रमोद महतो बताउछन् । हाम्रा हरेक मोडेलका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि चितवनमा पनि नेपाली जुत्ता घर संचालनमा ल्याइएको उनको भनाइ छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.