लगानीकर्ता सचेतना कार्यक्रम , अर्थतन्त्र धारासायी हुँदा पनि राज्यको बेवास्ता : माननीय ढकाल

१९ असोज, भरतपुर
उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा आज उद्योग वाणिज्य संघ–चितवन प्राईमो सेक्यूरिटिज प्रा. लि., अक्सफोर्ड सेक्यूरिटिज प्रा.लि., सेयुरिटि वोर्ड अफ नेपाल, स्टक व्रोकर एशोसिएसन अफ नेपाल र सिडिएस एण्ड क्लियरीङ्ग लि. को सयुक्त आयोजनामा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । उद्योगी व्यवसायी एवं आम सर्वसाधरणलाई शेयर बजारमा सचेत भएर लगानी गर्ने सम्बन्धी जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य, माननीय हरी ढकालले नेपालको अर्थतन्त्र हाल चरम मन्दीको सामना गरिरहेको अवस्थामा पनि राज्य संयन्त्रले वास्ता नगरेको बताउनु भयो । उहाँले अर्थतन्त्रको विकासका लागि बहस हुने संसदमा एक अर्का पार्टीको विरोध गर्ने काम भईरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको जटिल समस्या र चुनौतीको विषयमा सरकारलाई प्रतिपक्षमा रहेर रचनात्मक सुझव दिने बताउदै उहाँले शेयर बजार सम्बन्धी आफ्नो अनुभवका बारेमा बताउनु भएको थियो ।

सोही कार्यक्रमा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले देशको अर्थतन्त्र रेमिटान्सले मात्र सुधार नहुने र आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताउँदै उहाँले शेयर बजारको विना ज्ञान लागानी गर्दा लगानी डुव्ने खतरा भएकाले आफुले लगानी गर्न चाहेको कम्पनीको वारेमा अध्ययन गरेर मात्र लगानी गर्ने वा नगर्ने निर्णय लिन्ुपर्ने बताउनु भयो । विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ , पुजिँ बजार फोरमका सदस्य एवं समृद्धी नवलपुर इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष प्रकाश भुषाल रहनुभएको थियो ।

कार्यक्रकमा प्रस्तोता बिरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. सुदिप वाग्लेले शेयर बजार र शेयर बजारमा प्रवेश गर्न आवश्यक प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमका प्रस्तोता सिडिएस एण्ड क्लियरीङ्ग लि. का गुनासो व्यवस्थापन अधिकृत देवराज रिमालले सिडिएससिको कार्यगत संरचना, प्रदान गर्ने सेवा, E-tds सम्बन्धी जानकारी गराउनु भएको थियो । कार्यक्रमका प्रस्तोता नेपाल धितोपत्र वोर्डका निर्देशक रेवन्त श्रेष्ठले धितोपत्र बजारमा लगानी र जोखिम व्यवस्थापन शिर्षकमा प्रस्तुतीकरण दिनुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष राजेन्द्र ओली, उद्योग वाणिरज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु, प्राईमो सेक्युरिटिज प्रा. लि. का प्रमुख मेघनाथ उपाध्याय प्राईमो, अक्सफोड सेक्यूरिटिज कम्पनी लि. प्रतिनिधि लगायत १०० जना भन्दा बढिको सहभागिता थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.