रास्वपाको केन्द्रीय समिति विस्तार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै केन्द्रीय समिति सदस्यको कुल सङ्ख्या ५२ सदस्यीय बनेको हो। रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले केन्द्रीय कार्यसमिति बाहिर रहेका पार्टीका १४ जना सांसदलाई पनि केन्द्रीय समितिमा ल्याउने निर्णय भएको जानकारी दिए ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।

यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी ६ जना मात्र केन्द्रीय सदस्य थिए । यस्तै रास्वपाबाट इन्दिरा राना उपसभामुख रहेकाले उनको अहिले पार्टीमा भूमिका छैन । यस्तै यसअघि केन्द्रीय सदस्य रहेका मोहन बहादुर थापाले राजीनामा दिएका थिए । उनको राजीनामा यसअघि नै स्वीकृत भएसँगै पार्टी केन्द्रीय सदस्यको सङ्ख्या ५२ मा सीमित भएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.