गायत्री मानबसेवा ट्रष्टद्वारा डाक्टर रुथ गोन्सेथलाई सम्मान

रत्ननगर । रत्ननगर वडा नं १३ मा रहेको गायत्री शर्मा अशक्त मानबसेवा ट्रष्टले विहीबार एकजना विदेशी डाक्टरलाई सम्मान गरेको छ । शान्ति मेड नेपाल नामक संस्था स्थापना गरी रत्ननगर अस्पतालको सेवा सुधारमा काम गरेकी विदेशी डाक्टर रुथ गोन्सेथलाई ट्रष्टले सम्मान गरेको हो । चितवनको शैक्षिक विकासमा योगदान गरेकी निरकला शर्माले आमाको नाममा मानबसेवा ट्रष्ट स्थापना गरी सामाजिक काम गर्दै आएकी छन् । अर्काको देशमा रहेर स्वास्थ्य क्षेत्रको विकासमा गरेको योगदानको मुल्याङ्कन गर्दै डाक्टर गोन्सेथलाई मानबसेवा ट्रष्टले एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभाका सदस्य शेषनाथ अधिकारी, रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, मानबसेवा ट्रष्टकी अध्यक्ष निरकला शर्माले डा.गोन्सेथलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । सो अबसरमा बोल्ने बक्ताहरुले डाक्टर गोन्सेथले रत्ननगर अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन र भौतिक पूर्वाधार निर्माण गरी रत्ननगरबासीलाई ठुलो योगदान गरेको बताएका थिए । संविधान सभाका सदस्य अधिकारीले राज्यले गर्न नसकेको काम एउटा विदेशी डाक्टरले गरेको भन्दै गोन्सेथको खुलेर प्रशंसा गरे । संस्थापक मेयर वनले गोन्सेथकै कारण रत्ननगर अस्पताल अहिले सुविधा सम्पन्न अस्पतालको रुपमा विकास भएको बताए । डा.गोन्सेथले सन २०१४ देखि रत्ननगर अस्पतालको सेवा सुधारको लागि काम गरिरहेकी छन् । उनले रत्ननगर अस्पतालमा डाइलासिस सेवा सुरु, अस्पताल भवन निर्माण, शल्यक्रिया कक्ष तथा लिफ्ट निर्माण र विशेषज्ञ डाक्टरहरुलाई मासिक रुपमा तलब प्रदान गरिरहेकी छन् । उनले अहिले पनि अस्पतालका डाक्टर र कर्मचारीहरुको तबलका लागि मासिक ८ लाख रुपैया प्रदान गर्दै आएकी छन् । मानबसेवा ट्रष्टकी अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तिलकराज शर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, साहित्यकार रामबाबु घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा रत्ननगर अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य, पूर्वअध्यक्षहरु देवेन्द्रकुमार श्रेष्ठ, जनीअहमद शेख, असहाय बृद्ध कल्याण समाजकी अध्यक्ष उमा सापकोटा, स्काइराइडर आमाविका अध्यक्ष दुर्गा पुरी, गामबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा लगायतको सहभागिता रहेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.