रत्ननगरमा जिल्ला प्रहरी प्रमुख र उवासंघ खैरहनीलाई स्वागत

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले चितवनका एसपी भावेष रिमाल र उद्योग वाणिज्य संघ खैरहनीको नबनिर्वाचित टोलीलाई स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको छ । संघले खैरहनीका नबनिर्वाचित अध्यक्ष कुमार खनाल लगायत कार्यसमितिलाई स्वागत कार्यक्रम गरेको हो । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले व्यवसायिक सुरक्षाका लागि जिल्लाको पहिचानको रुपमा रहेको कृषिजन्य उत्पादन लगायतका खाद्यान्नबालीको प्रवद्र्धन र सम्वद्र्धनका लागि भारतबाट अवैध रुपमा आयात हुने बस्तुहरुलाई निरुत्साहित गर्न, दुर्घटना न्यूनीकरण, शान्ति सुरक्षाका लागि पहल गर्न एसपी रिमाललाई आग्रह गरेका छन् ।

त्यसैगरी उद्योग वाणिज्य संघ खैरहनीको नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले व्यवसायीहरुको आर्थिक विकाससंग संगै व्यवसायिक हकहितका लागि साझा एजेण्डा सहित सहकार्यको प्रस्ताब समेत गरेका छन् । सो कार्यक्रममा संघ निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, पूर्वअध्यक्षहरु राजाराम रेग्मी, ज्ञान बहादुर विसुराल र गोपाल कर्माचार्य लगायतले खुल्ला सिमानाबाट गैर कानुनी रुपबाट आएका कृषिजन्य उत्पादनहरुलाई नियन्त्रण गर्नुपर्ने, जथाभावी सवारी चेकजांच, व्यवसायिक सुरक्षा लगायतको विषयमा ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले पर्यटकीय क्षेत्र २४ घण्टा खुल्ला हुनुपर्ने, दुर्घटना न्यूनीकरण हुनुपर्नेमा जोड दिए । प्रमुख प्रहरी उपरीक्षक एसपी रिमालले नीजि क्षेत्रसंग सहकार्य गरी अवैध रुपमा भित्रिने सामग्रीहरुको नियन्त्रण, चोरी शिकारी नियन्त्रण, सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षा जांचलाई व्यवस्थित गर्नका लागि प्रविधिमैत्री बनाउने बताए । सो कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघ पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्याक्षहरु र उद्योगी व्यवसायीहरु तथा उद्योग वाणिज्य संघ खैरहनीका कार्यसमितिका पदापधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेको कार्यक्रम महासचिव उपेन्द्र शर्मा आचार्यले संचालन गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.