रत्ननगर-१५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

रत्ननगर, भदौ २८ । रत्ननगर नगरपालिका वडा नं. १५ ले भजन समूहलाई नेपाली राष्ट्रिय पोषाक वितरण गरेकोछ । धर्म, कला, संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले शुक्रवार गोरखकाली भजन समूहका ३० जनालाई पोषाक वितरण गरिएको हो । पुरुषलाई दौरासुरुवाल, जरीकोट, ढाकाटोपी र महिलाहरुलाई साडी, ब्लाउन र पछ्यौरा वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष आसिक तामाङले धर्म, आस्था, संस्कृति, संस्कार प्रति सधै सचेत हुनुपर्ने बताए । भजन समूहका कारणले हाम्रो समाजमा धर्म, संस्कृति र संस्कार जोगिएको उनको भनाईछ । वडाले सबै जातजातीका धर्म, संस्कृतिको संरक्षण गर्ने उनले प्रतिवद्धता जनाए ।

उनले भने, ‘माधवपुरमा गोरखकाली भजन समूहले कला, संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेकोछ, यस्ता किसिकमा कार्यक्रमले माधवपुरमा अझै उत्साह थपिनेछ ।’

पोषक बितरण कार्यक्रममा वडा सदस्यहरु इम प्रसाद पन्त, लिला देवी पोख्रेल, रुकमाया परियार, वडा सचिव नवराज तिवारी लगाएतको सहभागिता रहेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.