गीत मार्फत सरकारलाई खबरदारी गर्दै गायक पौडेल

काठमाण्डौ । चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणी मार्फत लोकप्रिय लोक तथा दोहोरी गायक नबिन पौडेलले सरकारलाई खबरदारी गरेका छन् । कुशासन विरुद्ध यथार्थपरक अनि चेतनामूलक गीत “ओइ सरकार ओइ देशका युबा खोइ?” ले पटक पटक सरकार परिबर्तनको खेलमा नेताहरु लागिरहेको तर जनताको समस्याहरुलाई बेवास्ता गरेको भन्दै व्यंग्य प्रस्तुत गरेको छ ।

युवापुस्ता विभिन्न समस्याका कारण आफ्नो जन्मभुमि छोड्न बाध्य भईरहेको कुरालाइ गीतले मुख्य बिषयबस्तु बनाएको छ । नबिन पौडेलकै लय, शब्द अनि स्वरमा रहेको गीतले जनताको वास्तविक समस्यालाई उजागर गरेको छ । राज्यले विभिन्न शिर्षकका बक्यौताहरु उठाएर विकास निर्माणलाई प्राथमिकता दिनुपर्नेमा सो कार्यमा सरकार चुकेको, सडकको समस्या, शिक्षाको समस्या लगायतका नागरिकका जनजीवन संग प्रत्यक्ष सरोकारका विषयबस्तु माथी चोटिलो प्रहार गायक पौडेलले गरेका छन् ।

पौडेलको गीतले हाल सर्वत्र चर्चा बटुलिरहेको छ । अहिले यो गीत इन्द्रेणी कार्यक्रम मार्फत पहिलो पटक सार्वजनिक गरीए पनि छिट्टै स्टुडियोमा रेकर्ड भएको अडियो र अभिनय सहितको भिडियो सार्वजनिक हुने गायक पौडेलले बताएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.