रत्ननगरमा उद्यमशिलता विकासबारे तीज गीत प्रतियोगिता

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा विहीबार महिला उद्यमशिलता मार्फत आर्थिक विकास विषयक तीज उत्सव प्रतियोगिता गरिएको छ । उद्यमशिल महिला समुह रत्ननगर वडा नं ४ वडा समितिले आयोजना गरेको उक्त प्रतियोगितामा सहभागी महिलाहरुले आत्मनिर्भर बन्न उद्यमशिलता आवश्यक रहेको भन्दै स्थानीय सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका थिए । स्थानीय सरकारको सहयोगले उद्यमशिलता विकासमा टेवा पुग्ने भन्दै महिलाहरुले महिलाहरुले उत्पादन गरेका सामग्रीको बजारीकरण र अनुदान उपलब्ध गराउन आग्रह गरेका थिए । ६ वटा समुह सहभागी उक्त प्रतियोगितामा सितल टोल विकास संस्था प्रथम, भेटघाट टोल विकास संस्था द्धितीय, समानता आमा समुह तृतीय र नबरत्न टोल विकास संस्था सान्त्वना भएका थिए । प्रथम हुने टिमलाई ३ हजार ५०० सहित प्रमाणपत्र, द्धितीय हुने टिमलाई २ हजार ५०० सहित प्रमाणपत्र, तृतीय हुने टिमलाई १ हजार ५०० सहित प्रमाणपत्र तथा सान्त्वना हुने टिमलाई एक हजार सहित प्रमाणपत्र प्रदान गरिएको समुहकी सचिव विन्दु शर्माले जानकारी दिइने । प्रतियोगितामा सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नं ४ का वडाध्यक्ष रामकुमार चौधरी र समुहकी सचिव प्रमिला पाण्डेले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रतियोगिताको निर्णायकमा विमला सुवेदी खनाल, लीला दाहाल र सीतादेवी शर्मा रहेका थिए । कार्यक्रममा रत्ननगर नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरे, उद्यमशिल महिला समुह नगर सञ्जालकी अध्यक्ष गीता सिंखडा, सामाजिक अगुवा ज्वाला पुरी वन, सीता रिजाल, समानता आमा समुहकी अध्यक्ष लीला श्रेष्ठ, मेलमिलाप समिति वडा संयोजक लक्ष्मी चौधरी, र्सिजना टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र लामिछाने लगायतले मन्तव्य राखेका थिए । सचिव शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष अनिता तिवारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम समुहकी अध्यक्ष पाण्डेको अध्यक्षता भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.