रत्ननगर–१४ मा वातावरणमैत्री तीज गीत प्रतियोगिता, शान्तिदिप टोल प्रथम

१ भाद्र, रत्ननगर ।
वडास्तरीय महिला समन्वय समिति रत्ननगर–१४ ले आज आयोजना गरेको वडास्तरिय वातावरणमैत्री तीज गीत प्रतियोगितामा शान्तिदिप टोल विकास संस्थाले प्रथम स्थान हासिल गरेको छ । १७ वटा टोल सहभागी उक्त प्रतियोगितामा बुद्ध टोल विकास संस्था द्वितीय, कल्पदीप टोल विकास संस्था तृतीय त्यस्तै शिवशम्भु टोल विकास संस्थाले सान्त्वना स्थान हासिल गरेको छ । विजेताहरुलाई नगद सहित प्रमाण-पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सर्जक तथा गायक रामु आचार्य, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान चितवनका अध्यक्ष टिकाराम शर्मा लामिछाने र गायिका सीता कंडेल निर्णायकको भूमिकामा रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नम्बर १४ का अध्यक्ष होमनाथ रानाभाटले महिला दिदीबहिनीहरुको महान चाड तीजको महत्व तथा संस्कृति जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम आयोजना भएकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ताखालको कार्यक्रममा वडा कार्यालय संगै साथै रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान वडाध्यक्ष तथा पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठ, वडा नम्बर १४ का जननिर्वाचित वडा सदस्यहरु रमेश थापा मगर, सानु भण्डारी, धिरेन्द्र प्रसाद घिमिरे र चमेली परियार, वडा सचिव बासुदेव रिजाल, वडास्तरिय मेलमिलाप सदस्य गीता दाहाल, एकल महिला संजाल रत्ननगर अध्यक्ष गीता देवकोटा लगायतले बोल्नुभएको थियो ।

रत्ननगर १४ का करिब १ हजार स्थानीयको कार्यक्रममा उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्णलाई दर खुवाईएको कार्यक्रममा आयोजक संस्थाकी सचिव सरस्वति अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम चर्चित प्रस्तोता संजय दुवाडीले संचालन गरेका थिए । कार्यक्रम वडास्तरीय महिला समन्वय समिति रत्ननगर–१४ की अध्यक्ष पध्मादेवी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.