राष्ट्रपति पौडेल दम्पतीद्वारा गुह्येश्वरीमा छठी माताको पूजा–आराधना

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ पशुपति क्षेत्रस्थित बागमती नदी किनारमा पत्नी सविता पौडेलसहित छठी माताको पूजा–आराधना गरेका छन्। गुह्येश्वरी मन्दिरअगाडिको गौरीघाटमा तयार पारिएको छठ पूजास्थलमा पुगेका राष्ट्रपति पौडेल दम्पतीले अस्ताउँदो सूर्यलाई अर्घदान अर्पण गर्दै छठ पर्वको धार्मिक विधि सम्पन्न गरेका हुन्।

राष्ट्रपति सचिवालयका अनुसार राष्ट्रपति पौडेलले देशमा शान्ति, स्थायित्व र समृद्धिको कामना गर्दै छठी माताको आराधना गरेका थिए। पूजाका क्रममा उनले हिन्दू धर्मावलम्बीको आस्था, संस्कृतिको संरक्षण र एकता सुदृढीकरणमा छठ पर्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

छठ पर्व हिन्दू धर्मावलम्बी महिलाले विशेष श्रद्धा, आत्मसंयम र भक्तिभावका साथ मनाउने पर्व हो। यो पर्वमा महिलाहरूले चार दिनसम्म व्रत बस्दै उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घदान गरी परिवारको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्छन्।

राष्ट्रपति पौडेल र सविता पौडेल गुह्येश्वरी पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका–८ का अध्यक्ष आशामान संगत र छठ पूजा आयोजक समितिका पदाधिकारीलगायतले स्वागत गरेका थिए।

यस वर्ष पनि राजधानीका बागमती किनारका विभिन्न घाटहरू—गौरीघाट, तीनकुने, थापाथली, कपनघाटलगायत स्थानहरूमा भक्तजनहरूको घुइँचो देखिएको छ। छठ पर्वका अवसरमा बागमती क्षेत्र रंगीन बत्ती र साजसज्जाले झलमल बनेको छ भने भक्तजनहरूले आस्था र उल्लासपूर्वक पूजा–अर्चना गरिरहेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.