रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरिको रिहाईको माग

चितवन, ६ जेठ । विना कारण पक्राउ परेका रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरिको रिहाईको माग गरिएको छ । रेवानका वरिष्ट उपाध्यक्ष दिपेन्द्रप्रसाद खतिवडाले एक विज्ञप्ती जारी गर्दै गोन्द्राङ ढाड काण्डमा कुनै पनि संलग्नता नरहेको भन्दै रिहाईको माग गरेका हुन् । विज्ञप्तीमा घटनामा घाइते हुनुभएकी प्रहरी सहायक निरिक्षक कल्पडा खड्काको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। भने प्रहरीले दोषी भनिएकालाई भने हालसम्म पक्राउ गन सकेको छैन् ।

विज्ञप्तीमा भनिएको छ मिति २०७६ जेष्ठ ०३ गतेका दिन विहान १०ः३० वजे भरतपुर महानगरपालिका स्थित लाईम एण्ड लेमन रेष्टुरेण्टको उद्घाटन कार्यक्रममा सहभागी भई फर्कने क्रममा पुर्वपश्चिम राजमार्ग अन्र्तगत पर्ने भरतपुरको गोन्द्राङ्गको सडक कर संकलन केन्द्रमा कर संकलन कर्ताहरु र दास ढुङगामा पार्टीको कार्यक्रम सकी फर्किनु भएका माननीय सांसद कृष्ण प्रसाद खनाल ज्यू लगायत रत्ननगर उधोग बाणिज्य संघका अध्यक्ष श्री राजाराम रेग्मी ज्यूको समूह बीच विहान करिव ११ः०० वजे असमझदारी पैदा भई केही उच्छृङखल व्यक्तीहरु समूहद्धारा आगजानी भएको घटनामा यस संस्थाका अध्यक्ष श्री गोकर्ण गिरी ज्यूको कुनै संलग्नता नरहेको ध्यानाकर्षण गराउदछौं । रेष्टुरेण्टको उद्घाटन कार्यक्रमबाट फर्कने क्रममा संयोगवस सोही घटनास्थलमा भेट भएको हुँदा विना आधार यस संस्थाका अध्यक्ष श्री गोकर्ण गिरीलाई पक्राउ गरी प्रहरी हिरासतमा राख्नु असान्दर्भिक घटना हो । तसर्थ निजको तत्काल रिहाईको लागि अपिल गर्दै घटनाको सत्य तथ्य बुझी छानविन गर्नको लागि हार्दिक अनुरोध गर्दछौं । आगजानी गर्ने क्रममा उक्त क्षेत्रमा कार्यरत प्र।स।नि। श्री कल्पना खडका घाईते हुनुभएकोमा घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र घटनाको घोर भत्र्सना गर्दछौं । घाईते श्री कल्पना खडकाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
साथै सोही घटनाको क्रमलाई जोडदै संयोगवस घटना स्थल पुग्नु भएका अध्यक्ष श्री गोकर्ण गिरीलाई रत्ननगर उधोग वाणिज्य संघको प्रेस विज्ञप्तीमा पार्टीको दास ढुङगाको कार्यक्रमसंग जोडिएकोमा यसमा कुनै संलग्नता नरहेको जानकारी गराउदछौं ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.