प्रदेश

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त

हेटौंडा, पुस २५ । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनमा जमकट्टेल धादिङ–१ को क्षेत्र नम्बर २ बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
Read More
घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

लमजुङ, २३ फागुन लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् ।  स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ जानकारी दिएका घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब सुखी गाउँको रुपमा घोषणा गरिने बताए । २०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थियाे ।  स्मार्टभिलेजको रुपमा परिचित घलेगाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको दुई दशकको अवधिमा दुई लाख १२ हजारभन्दा बढी पर्यटक घलेगाउँ भित्रिएका छन् । आर्थिक वर्ष ०५७/५८ मा घरबास (होमस्टे) सुरु भएपछि हालसम्मको…
Read More
चितवनमा मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

चितवनमा मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

चितवन जिल्ला प्रहरी कार्यालय चितवनले चोरीको मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको छ । चोरी भएको मोटरसाइकलको पिछा गर्दै जाँदा तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले चोरीको मोटरसाइकल सहित चितवनको कालिका नगरपालिका–५ पदमपुरका अन्दाजी १८ वर्षीय वरुण महतो, सोही ठाउँका २६ वर्षीय मनोज दमै र कालिका–७ का ३३ वर्षीय काञ्जालाल भन्ने बाङदोर्जे लामालाई फागुन १९ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीकाअनुसार पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । गएको १२ गते लंकलाइनमा पार्किङ गरिराखेको ग ७ प ८०७९ नं.को डिस्कभर मोटरसाइकल…
Read More
भरतपुर महानगरले अत्याधुनिक सुबिधा सहितको प्रशासनिक भवनको निर्माण  गर्न

भरतपुर महानगरले अत्याधुनिक सुबिधा सहितको प्रशासनिक भवनको निर्माण गर्न

चितवन भरतपुर महानगरले अत्याधुनिक सुबिधा सहितको प्रशासनिक भवनको निर्माणका लागि बोलपत्र आवहन गरेको छ । महानगरको काम कारवाहीलाई प्रभाबकारी बनाउदै नगरबासीको सेवा प्रवाहमा सहजता ल्याउन महानगरकै परिसरमा नयाँ भवन निर्माणका लागि टेन्डर आवहन गरिएको नगर प्रमुख रेनु दाहालको भनाई छ । सम्झौता भएको मितिले ३० महिना भित्र सक्ने गरी ९४ करोड ३२ लाख ३० हजार २७१ रुपैया अनुमानित लागतमा बोलपत्र आवहन गरेको महानगरका आर्थीक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले बताए । ५० गाडी र २५० वटा मोटरसाईकल अट्न सक्ने अन्डर ग्राउण्ड पार्कीङं सहित वेसमेन्ट बाहेक ६ तले अत्याधुनिक भवन निर्माण गर्न लागिएको महानगरका ईन्जिनियर सन्तोस आचार्यले बताए । ६ तले…
Read More
रत्ननगर महोत्सव ः शनिवार २५ हजारले गरे अबलोकन

रत्ननगर महोत्सव ः शनिवार २५ हजारले गरे अबलोकन

रत्ननगर रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सवमा शनिवार २५ हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । विदाको दिन परेका कारण महोत्सवमा अबलोकनकर्ताहरुको अत्याधिक भीड लागेको हो । चितवनको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले रत्ननगर उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । जाडो सकिएर गर्मी सुरु हुनै लाग्दा भएको सो महोत्सवमा अबलोकनकर्ताको कमी हुन्छकी भन्ने आशंका रहेकोमा दिनप्रतिदिन अबलोकनकर्ताको संख्या बढ्नुले त्यो आशंका दुर गरेको महोत्सव मुल समारोह समितिका संयोजक अनिल कृष्ण श्रेष्ठले बताए । हामी उत्साहित छौं उनले भने महोत्सव चितवनको आर्थिक गतिविधिलाई चलायमान गराउन सफल भएको छ । २४ गते सम्म चल्ने सो महोत्सवमा अपेक्षाकृत आर्थिक करोवार…
Read More
रोकिएको रत्ननगर महोत्सव फागुन १५ देखि हुने

रोकिएको रत्ननगर महोत्सव फागुन १५ देखि हुने

चितवन ०६ फागुन कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ। गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो। उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठका अनुसार स्थगन गरिएको महोत्सव फागुन १५ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको हो। महोत्सवमा हुने चौथो चिकेन एण्ड एग फुड फेस्टिवल फागनु १६ देखि १९ गतेसम्म सञ्चालन हुने उनले बताए। फुड फेस्टिवल सौराहा चोकमा हुने छ। महोत्सव उद्घाटनको अन्तिम तयारीमा पुगेको समयमा कोरोना महामारीका कारण स्थानीय प्रशासनले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रममा रोक लगाएसँगै उद्घाटनको अघिल्लो दिन महोत्सव स्थगित भएको…
Read More
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली  पोख्रेलद्वारा तनहुँ जलविद्युत् आयोजना निरीक्षण

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलद्वारा तनहुँ जलविद्युत् आयोजना निरीक्षण

८ माघ,,दमौली गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले आज निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निरीक्षण गर्नुभएको छ । उहाँले नदी फर्काउने, बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायत संरचना अवलोकन गर्नुभएको गर्नुभएको हो ।विगतमा विभिन्न कारणले आयोजना निर्माणमा ढिलाइ भए पनि अहिले निर्माण कार्य उत्साजनक देखिएको उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले निर्धारित समयसीमाभित्रै काम सक्न निर्देशन दिनुभयो । आयोजना निर्माण गर्दा स्थानीय समाजसँग घुलमिल हुँदै तनहुँवासीको आर्थिक जीवनस्तर उकास्ने गरी काम गर्न पनि आग्रह गर्दै उहाँले भन्नुभयो, “ सरोकारवाला स्थानीय तहहरुसँग समन्वय गर्दै आयोजनालाई जनमैत्री बनाएर निर्माण कार्य सञ्चालन गर्नुहोस् ।”गण्डकी प्रदेश नीति तथा योजना…
Read More
सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प

सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प

७ माघ,चितवन सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजेको खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको चितवनका एसपी ओम अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार सडकमा भित्ताको डाँडो नै खसेको छ । अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम सुरु गरिसकेको छ । सडकमा ठूला ठूला ढुङ्गासमेत खसेकाले हटाउन कम्तीमा पनि तीन-चार घण्टा लाग्ने अधिकारीले बताउनुभयो ।रातिदेखि नै सडक ठप्प भएकाले दुवैतर्फ गाडीको लामो लाइन छ । यात्रुले गाडी भित्रै रात बिताएका छन् । यस्तै, प्रहरीले सडक खुलाउन समय लाग्ने भएकाले नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा तत्काल नगर्न…
Read More
माघ २ गते सार्वजनिक बिदा

माघ २ गते सार्वजनिक बिदा

पुस ३०,लुम्बिनी लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा दिइएको छ। माघे संक्रान्तिका अवसरमा आइतवार सार्वजनिक बिदा दिइएको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ।
Read More
गौरवका योजना निर्माणमा सफल भएको निष्कर्ष : रत्ननगरको नगर सभा

गौरवका योजना निर्माणमा सफल भएको निष्कर्ष : रत्ननगरको नगर सभा

१९ पुस , रत्ननगर रत्ननगर नगरपालिकाले विहीबार दसौं नगर सभा गरेको छ । नगर सभाले एउटा ऐन,तीन वटा कार्यविधि र १७ वटा योजनाहरु शिर्षकान्तर गरेको छ । नगर सभाले वाताबरणीय तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७८,विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि,एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन कार्यविधि,गरिव घरपरिवार तथा परिचयपत्र वितरण कार्यक्रमका लागि करारमा सुपरिबेक्षण तथा गणक व्यवस्थापन कार्यविधि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । शिर्षकान्तर गरिएका १७ वटा योजनामा अधिकाँस विकास निर्माण तर्फका छन् । जनप्रतिनिधिको पाँच बर्षे कार्यकालको अन्तिम नगर सभाको रुपमा रहेको सो नगर सभामा मेयर नारायण वनले नगरको विकासका लागि गरेका महत्वपूर्ण योजनाहरु नगरसभामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.