प्रदेश

धादिङमा बाटो खन्दैगर्दा पहिरो : तीन जना बेपत्ता, डोजर पनि पुरियो

धादिङमा बाटो खन्दैगर्दा पहिरो : तीन जना बेपत्ता, डोजर पनि पुरियो

२९ पुस,धादिङ धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए । सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन । खोज र उद्धारका प्रहरी टोली परिचालन भएको छ ।
Read More
अक्सिजन बैक संचालनमा ल्याउदै उधोग वाणिज्य संघ खैरहनी

अक्सिजन बैक संचालनमा ल्याउदै उधोग वाणिज्य संघ खैरहनी

उधोग वाणिज्य संघ खैरहनी ले अक्सिजन बैक संचालनमा ल्याएको छ। कोभिड १९ को दोस्रो भेरियन्टको संक्रमण बड्दै जादा मुलुकभर अक्सिजनको अभाव देखिरहेको छ। आफ्ना आफन्तको प्राणको रक्षाको लागि बिरामीका आफन्त अक्सिजनको ब्यवस्था गर्न भौतारीरहेका छ्न। यो विषम परिस्थितिमा आफ्नो सेवा क्षेत्र भित्रका नागरिकलाई केही हदसम्म सहज होस र अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यको साथमा अक्सिजन बैकको स्थापना गरिएको संघका महासचिव केदारनाथ बर्तौलाले बताए। १९ वटा अक्सिजनका सिलिन्डर मार्फत बैकको स्थापना गरिएको र यो संख्या वृद्धि गर्दै लैजाने कार्यक्रम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष कुमार खनालले जानकारी दिएका छन। कोभिडका बिरामिलाई आफुहरुले प्राथमिकतामा राखेको र आर्थिक अवस्था कमजोर हुनेलाई…
Read More
चितवनमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित ,१४ जनाको मृत्यु

चितवनमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित ,१४ जनाको मृत्यु

चितवन,जेठ २ चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १४ जनाको मृत्यु भएको छ भने ११६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडीकल कलेजमा ६ जना, कलेज अफ मेडिकल साइन्सेसमा ५ जना , भरतपुर अस्पतालमा १ जना , विपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा १ जना र भण्डारा अस्पतालमा १ जनाको ज्यान गएको हो । चितवनमा अहिले सम्म ११ हजार ३ सय २८ जना संक्रमित भएकोमा ७ हजार २ सय ९९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार २२२ जना अस्पतालको आइसोलेसनमा छन भने ३ हजार ६ सय ३७…
Read More
चितवनमा पछिल्लो २४ घण्टामा थपिए १६७ जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

चितवनमा पछिल्लो २४ घण्टामा थपिए १६७ जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

चितवन,जेठ १ चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १३ जनाको मृत्यु भएको छ भने १६७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडीकल कलेजमा ८ जना, कलेज अफ मेडिकल साइन्सेसमा ४ जना र भरतपुर अस्पतालमा १ जनाको ज्यान गएको हो । चितवनमा अहिले सम्म ११ हजार १ सय ५४ जना संक्रमित भएकोमा ७ हजार २ सय ५० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार २१४जना अस्पतालको आइसोलेसनमा छन भने ३ हजार ५ सय २४ जना संक्रमित होम आइसोलेसनमा छन् ।
Read More
सपना भिलेजद्धारा भरतपुर अस्पताल र ईच्छाकामना गाँउपालिकालाई १५ वटा अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण

सपना भिलेजद्धारा भरतपुर अस्पताल र ईच्छाकामना गाँउपालिकालाई १५ वटा अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण

राजेन्द्र /रामु आचार्य, चितवन : चितवनमा अक्सिजनको अभाव हुन नदिन आज एकसाथ दुई संस्थालाई १५ वटा अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरिएको छ । सामाजिक सेवामा जिल्लामा नै अग्रणी रहेको सपना भिलेज सोसल ईम्पयाक्टले भरतपुर अस्पताललाई १० थान र ईच्छाकामना गाँउपालिका ५ थान गरि १५ थान अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेको हो । कोभिड शैया थप गरेसँगै भरतपुर अस्पतालमा स्वास्थ्य सामग्री अभाव हुन नदिन र जिल्लाको एक मात्र गाँउपालिका क्षेत्रका विपन्न जनताको सहजताका लागि अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेको सपना भिलेज सोसल ईम्पयाक्टका अध्यक्ष धुव्र गिरीले जानकारी दिए । ओमसञ्जीवनी अक्सिजन सप्लायर्स माफर्त ग्याँस उद्योगलाई धरौटी राखी ४ लाख रुपैयाँ बराबरबमो ठूलो १५ थान…
Read More
चितवनमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, ३५२ जना कोरोना संक्रमित

चितवनमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, ३५२ जना कोरोना संक्रमित

चितवन,वैशाख ३१ चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ८ जनाको मृत्यु भएको छ भने ३५२ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडीकल कलेजमा ४ जना र कलेज अफ मेडिकल साइन्सेसमा १ जनाको ज्यान गएको हो । चितवनमा अहिले सम्म १० हजार ९ सय ८७ जना संक्रमित भएकोमा ७ हजार २ सय ३४ जना निको भएर घर फर्किएका छन् । कोरोना सक्रमित अधिकांश होम आइसोलेसनमा रहेको छन् भने केही संक्रमित मात्र अस्पतालमा रहेका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार २०२ जना अस्पतालको आइसोलेसनमा छन भने ३ हजार ३…
Read More
जेठ १३ सम्म चितवनमा निषेधाज्ञा,थप कडाई गरिने

जेठ १३ सम्म चितवनमा निषेधाज्ञा,थप कडाई गरिने

चितवन,बैशाख ३० चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा समय थपिने भएको छ । जिल्लामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा समय थपिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस भएको हो । सिफारिस अनुसार निर्णय गर्ने प्रशासनले जनाएको छ । उनका अनुसार अवको निषेधाज्ञा थप कडाइ हुने र पसलहरु पनि हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गरिन लागिएको हो । जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुखहरु, सुरक्षा कर्मीलगायतको वैठकले निषेधाज्ञा समय थपका लागि सिफारिस गरेको हो । भोलि वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ ।
Read More
चितवनमा पछिल्लो २४ घण्टामा २०८ जना नयाँ कोरोना संक्रमित ,८ संक्रमितको मृत्यु

चितवनमा पछिल्लो २४ घण्टामा २०८ जना नयाँ कोरोना संक्रमित ,८ संक्रमितको मृत्यु

चितवन,वैशाख ३० चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ८ जनाको मृत्यु भएको छ भने २०८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडीकल कलेजमा ३ जना र कलेज अफ मेडिकल साइन्सेसमा २ जना , होम आइसोलेसनमा १ जना र अन्य अस्पतालमा १ जनाको ज्यान गएको हो । चितवनमा अहिले सम्म १० हजार ६ सय ३८ जना संक्रमित भएकोमा ७ हजार १ सय ८५ जना निको भएर घर फर्किएका छन् । कोरोना सक्रमित अधिकांश होम आइसोलेसनमा रहेको छन् भने केही संक्रमित मात्र अस्पतालमा रहेका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी…
Read More
कोरोना संक्रमण वृद्धिभए संगै भरतपुर अस्पतालमा शय्या र जनशक्ति थपिए

कोरोना संक्रमण वृद्धिभए संगै भरतपुर अस्पतालमा शय्या र जनशक्ति थपिए

चितवन : भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार हाल कायम १४५ शय्यामा ५५ थप गरी २०० पु¥याउन लागिएको हो । हाल अस्पतालमा १४५ शय्या भरिएका छन् । अस्पतालको अन्य बिरामीका लागि छुट्याइएको १० शय्याको सघन उपचारकक्षलाई कोभिडका लागि छुट्याइने भएको छ । अन्य बिरामीका लागि पोष्टअपमा व्यवस्थापन गरिँदै छ । पैँतीस शय्याको अब्जर्बेशन वार्ड र क्याबिनका केही शय्या कोभिडका लागि प्रयोग गरिँदै छ । अस्पतालले माग गरेको जनशक्ति…
Read More
पछिल्लो २४ घण्टामा चितवनमा ८ संक्रमितको ज्यान गयो

पछिल्लो २४ घण्टामा चितवनमा ८ संक्रमितको ज्यान गयो

चितवन : जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएका उनमा २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ः०० बजे मृत्यु भएको हो । सोही अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–७…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.