चितवनमा पछिल्लो २४ घण्टामा २०८ जना नयाँ कोरोना संक्रमित ,८ संक्रमितको मृत्यु

चितवन,वैशाख ३०
चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ८ जनाको मृत्यु भएको छ भने २०८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडीकल कलेजमा ३ जना र कलेज अफ मेडिकल साइन्सेसमा २ जना , होम आइसोलेसनमा १ जना र अन्य अस्पतालमा १ जनाको ज्यान गएको हो ।

चितवनमा अहिले सम्म १० हजार ६ सय ३८ जना संक्रमित भएकोमा ७ हजार १ सय ८५ जना निको भएर घर फर्किएका छन् । कोरोना सक्रमित अधिकांश होम आइसोलेसनमा रहेको छन् भने केही संक्रमित मात्र अस्पतालमा रहेका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार १९९ जना अस्पतालको आइसोलेसनमा छन भने ३ हजार ९८ जना संक्रमित होम आइसोलेसनमा छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.