जेठ १३ सम्म चितवनमा निषेधाज्ञा,थप कडाई गरिने

चितवन,बैशाख ३०
चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा समय थपिने भएको छ । जिल्लामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा समय थपिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस भएको हो । सिफारिस अनुसार निर्णय गर्ने प्रशासनले जनाएको छ । उनका अनुसार अवको निषेधाज्ञा थप कडाइ हुने र पसलहरु पनि हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गरिन लागिएको हो । जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुखहरु, सुरक्षा कर्मीलगायतको वैठकले निषेधाज्ञा समय थपका लागि सिफारिस गरेको हो ।
भोलि वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.