धादिङमा बाटो खन्दैगर्दा पहिरो : तीन जना बेपत्ता, डोजर पनि पुरियो

२९ पुस,धादिङ
धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए ।

सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन ।

खोज र उद्धारका प्रहरी टोली परिचालन भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.