प्रदेश

बेकाममा नहिड्नुस है, कोरोनाको जोखिम संगै जरिवानामा पर्नुहोला

बेकाममा नहिड्नुस है, कोरोनाको जोखिम संगै जरिवानामा पर्नुहोला

रत्ननगर : प्रहरी बिट कृष्णमन्दिर टिकौलीले बेकाममा सडकमा हिड्ने तथा सवारी साधन चड्नेलाई जरिवाना तिराउन सुरु गरेको छ । दिनहुँ कोरोना संक्रमितको संख्या थपिएको तथा मृत्युदर समेत बढ्न थालेपछि प्रहरीले चेकजाँचमा कडाई गरेको हो । अत्यावश्यक कार्यका लागी हिड्नेहरुलाई परिचयपत्र तथा अन्य प्रमाणहरु हेरेर छोडीए पनि बिना काममा हिड्नेहरुलाई आईन्दा बिना कार्यमा नहिड्ने प्रतिवद्दता सहित पैदलयात्रीलाई रु १०० त्यस्तै सवारीयात्रीलाई रु ५०० जरिवाना गराई छोडिएको प्रहरी बिट कृष्णमन्दिरका प्रमुख हवल्दार लोकबहादुर गिरीले जानकारी दिए । आज गरिएको चेकजाच बाट नगद ४ हजार राजस्व उठेको बिटका अर्का हवल्दार बिरेन्द्र चौधरी बताउछन । दोश्रो भेरीएन्टको कोरोना भाईरस प्राणघातक रहेको हुँदा यसबाट जोगिन…
Read More
कोरोना संक्रमितलाई भेटेर हौसला दिन रत्ननगरका मेयर घरदैलोमा

कोरोना संक्रमितलाई भेटेर हौसला दिन रत्ननगरका मेयर घरदैलोमा

रत्ननगर,वैशाख २८ रत्ननगर नगरपालिकाका मेयर नारायण वनले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई भेट गरी औैषधि र हौसला प्रदान गर्ने कामको शुभारम्भ गरेका छन् । मेयर वनले घरघरमा पुगेर संक्रमितलाई रोगप्रतिरोधात्मक औषधि र आत्मबल बढाउन हौसला प्रदान गर्ने कामको शुभारम्भ गरेका हुन् । मंगलबार वडा नं १० मा संक्रमितलाई भेट्ने र औषधि वितरण गर्ने काम सुरु गरिएको छ । मेयर वनले पहिलो दिन वडा नं १० र १ मा होम आइसोलेसनमा रहेका संक्रमितलाई भेट गरी औषधि वितरण गर्नुका साथै हौसला प्रदान गरे । स्वास्थ्यकर्मी र अन्य जनप्रतिनिधिसहित घरघरमै पुगेका मेयर वनले संक्रमित बिरामीलाई नियमित औषधि सेवन गर्न र समस्या भए तुरुन्त…
Read More
चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १० जनाको मृत्यु

चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १० जनाको मृत्यु

चितवन,वैशाख २८ चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १० जनाको मृत्यु भएको छ भने २७४ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडीकल कलेजमा ५ जना ,कलेज अफ मेडिकल साइन्सेसमा १ र भरतपुरमा होम आइसोलेसनमा वसेका १ जनाको ज्यान गएको हो । चितवनमा अहिले सम्म १० हजार १ सय ९९ जना सक्रमित भएकोमा ७ हजार १ सय ४५ जना निको भएर घर फर्किएका छन् । कोरोना सक्रमित अधिकांश होम आइसोलेसनमा रहेको छन् भने केही संक्रमित मात्र अस्पतालमा रहेका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार २०० जना अस्पतालको आइसोलेसनमा…
Read More
पछिल्लो १ सातामा चितवनमा बढ्यो कोरोना त्रास : ५ गुणाले बढे संक्रमित

पछिल्लो १ सातामा चितवनमा बढ्यो कोरोना त्रास : ५ गुणाले बढे संक्रमित

चितवन : चितवनमा कोरोनाका गम्भीर बिरामी गत एक हप्तामा झण्डै पाँच गुनाले वृद्धि भएको छ । वैशाख २१ गते चितवनका तीन ठूला अस्पतालको आईसीयूमा कोरोनाका गम्भीर बिरामीको संख्या जम्मा ५२ जना मात्र थियो तर अहिले चितवनका अस्पतालका आईसीयूमा गम्भीर बिरामीको संख्या २३६ जना पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकअनुसार भरतपुर अस्पतालमा ९ जना, चितवन मेडिकल कलेजमा १६० जना, कलेज अफ मेडिकल साइन्सेस ५७ जना र अन्य अस्पतालको आईसीयूमा १० जनाको उपचार भइरहेको छ । भेन्टिलेटरमा ४७ जनाको उपचार भइरहेको छ । एक हप्ता अगाडिको तथ्यांक हेर्ने हो भने वैशाख २१ गते चितवनका तीन ठूला अस्पतालको आईसीयूमा ५२…
Read More
राप्तीका उपमेयरको गाडी दिर्घरोगीलाई अस्पताल लैजान प्रयोग

राप्तीका उपमेयरको गाडी दिर्घरोगीलाई अस्पताल लैजान प्रयोग

लक्ष्मण सापकोटा/चितवन,वैशाख २७ नेपालमा कोरोना भाइरसवाट संक्रमित हुनेको संख्या वढेपछि निषेधाज्ञा लागु भएको जिल्ला मध्य चितवन पनि एक हो । चितवनमा निधेषाज्ञा जारी भएपछि सवारी नचल्दा दिर्घरोगीहरु समस्यामा पर्न थालेका छन् । दिर्घरोगीहरुलाई समस्या हुन थालेपछि चितवनको राप्ती नगरपालीकाका उपमेयर इमान सिंह लामाले आफ्नो गाडी दिर्घरोगीलाई अस्पताल लैजान प्रयोग गरिरहेका छन् । चितवनमा निषेधाज्ञा लागु भएदेखी निरन्तर दिर्घरोगी विरामीहरुको फोन आउन थालेपछि आफ्नो गाडी विरामीलाई अस्पताल लैजान र अस्पताल देखी घर सम्म पुर्याउन प्रयोग गरिरहेको उपमेयर लामाले जानकारी दिए । अघिल्लो वर्ष पनि कोरोना संक्रमण वढेपछि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका ११७ जना दिर्घरोगीलाई आफ्नो गाडीमा अस्पताल लैजान प्रयोग गरेका…
Read More
चितवन उद्योग संघद्धारा नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

चितवन उद्योग संघद्धारा नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

भरतपुर : सामाजिक उत्तर दायित्व बहन गर्दैै चितवन उद्योग संघद्वारा कोरोना संक्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार जिल्लामा खटिने पत्रकारहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्री वितरण अभियानमा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीलाई पाँच हजार पिस माक्र्स, ९६ पिस सेनिटाइजर, १०० पिस फेस सिल्ड हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्षलाई संघको बिधान बमोजिम प्रेस सल्लाहकारमा नियुक्ति गरिने व्यवस्था अनुसार नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीलाई चितवन…
Read More
रत्ननगरका मेयर र उपमेयर चढ्ने गाडी कोरोना संक्रमितलाई अस्पताल लैजान प्रयोग गरिने

रत्ननगरका मेयर र उपमेयर चढ्ने गाडी कोरोना संक्रमितलाई अस्पताल लैजान प्रयोग गरिने

चितवन,बैशाख २५ चितवनको रत्ननगर नगरपालिकाका मेयर,उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना संक्रमितका लागि प्रयोग गरिने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीहरुले प्रयोग गर्दै आएको अर्को एउटा गरी चार वटा गाडी कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो । कोरोना संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स लगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि मेयर नारायण वनले शुक्रवार नै आफु चढ्दै आएको सहित चारवटा गाडी संक्रमितका लागि प्रयोग गर्ने घोषणा गरेका हुन । मेयर वनले चढ्दै आएको बा.२ झ ३३९९,उपमेर दुवाडीले चढ्दै आएको ना.१ झ…
Read More
भरतपुर अस्पतालमा थप २ जना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा थप २ जना संक्रमितको मृत्यु

चितवन,वैशाख २५ चितवनको भरतपुर अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालले दिएको जानकारी अनुसार रत्ननगर १३ जयमंगला घर भएका ६२ वर्षिका पुरुष र गैडाकोट नगरपालिका ११ घर भएका ९४ वर्षिय पुरुषको ज्यान गएको हो । गैडाकोटका संक्रमित वैशाख १४ गते अस्पताल भर्ना भएका थिए भने रत्ननगरका संक्रमित वैशाख १ गते भर्ना भएका थिए । दुवै संक्रमितको उपचारमा अथक प्रयास गर्दा गर्दै राती मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।
Read More
रत्ननगर नगरपालिकामा कोरोना संक्रमितलाई नि:शुल्क एम्बुलेन्स सेवा

रत्ननगर नगरपालिकामा कोरोना संक्रमितलाई नि:शुल्क एम्बुलेन्स सेवा

रत्ननगर,वैशाख २४ कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान रत्ननगर नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । कोरोना संक्रमित विरामीलाई घरबाट आइसोलेशन र आइसोलेशनबाट अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स व्यवस्था गरिएको नगर प्रमुख नारायण वनले जानकारी दिए । नगरपालिकाले कोरोनाको पहिलो लहरबाटै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको छ । संक्रमितलाई जिल्ला भित्रका अस्पतालसम्म पु¥याउन एम्बुलेन्स व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । कोरोना संक्रमण भएको शंका लागेमा पीसीआर परीक्षण र संक्रमित भएर अस्पताल जानुपरेमा नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले बताए । सम्पर्कका लागि ९८०७२१५१७४ र ९८४३९१००११ नम्बरको व्यवस्था गरिएको छ । अन्य समयमा पनि सो नगरपालिकाले गरिब…
Read More
चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ९ जनाको मृत्यु

चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ९ जनाको मृत्यु

चितवन,वैशाख २४ चितवनमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ९ जनाको मृत्यु भएको छ भने २२१ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा ४ जना, चितवन मेडीकल कलेजमा २ जना र कलेज अफ मेडिकल साइन्सेसमा ३ जनाको ज्यान गएको हो । चितवनमा अहिले सम्म नौ हजार ९० जना सक्रमित भएकोमा ६ हजार ९ सय ८४ जना निको भएर घर फर्किएका छन् । कोरोना सक्रमित अधिकांश होम आइसोलेसनमा रहेको छन् भने केही संक्रमित मात्र अस्पतालमा रहेका छन । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार १४० जना अस्पतालको आइसोलेसनमा छन भने १ हजार ८ सय ३७…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.