बेकाममा नहिड्नुस है, कोरोनाको जोखिम संगै जरिवानामा पर्नुहोला

रत्ननगर : प्रहरी बिट कृष्णमन्दिर टिकौलीले बेकाममा सडकमा हिड्ने तथा सवारी साधन चड्नेलाई जरिवाना तिराउन सुरु गरेको छ । दिनहुँ कोरोना संक्रमितको संख्या थपिएको तथा मृत्युदर समेत बढ्न थालेपछि प्रहरीले चेकजाँचमा कडाई गरेको हो ।

अत्यावश्यक कार्यका लागी हिड्नेहरुलाई परिचयपत्र तथा अन्य प्रमाणहरु हेरेर छोडीए पनि बिना काममा हिड्नेहरुलाई आईन्दा बिना कार्यमा नहिड्ने प्रतिवद्दता सहित पैदलयात्रीलाई रु १०० त्यस्तै सवारीयात्रीलाई रु ५०० जरिवाना गराई छोडिएको प्रहरी बिट कृष्णमन्दिरका प्रमुख हवल्दार लोकबहादुर गिरीले जानकारी दिए । आज गरिएको चेकजाच बाट नगद ४ हजार राजस्व उठेको बिटका अर्का हवल्दार बिरेन्द्र चौधरी बताउछन ।

दोश्रो भेरीएन्टको कोरोना भाईरस प्राणघातक रहेको हुँदा यसबाट जोगिन लकडाउननै प्रभावकारी रहेको ठहर सहित आउदो बैशाख ३१ गते राति १२ बजे सम्मका लागी जिल्ला प्रसाशन चितवनले निषेधाज्ञा जारी गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.