चितवनमा अभिनेत्री तथा निर्मात्री केसी सम्मानित

चितवन १ असार । नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री तथा निर्मात्री रोशनी केसी चितवनमा सम्मानित भएकी छिन् । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय आठौं वार्षिकउत्सवको अवसरमा अभिनेत्री तथा निर्मात्री रोशनी केसीलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान सहित फिल्म निर्माणको मध्यमबाट सामाजिक रुपमा सचेतना जगाई आम दर्शकमा सकारात्मक संदेश प्रवाह गरेको भन्दै चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाका महाप्रबन्धक हरि कार्की “लक्की” ले केसीलाई सम्मान गरेका थिए । अभिनेत्री तथा निर्मात्री केसीलाई सम्मान गर्न पाउदा खुशी लागेको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाका महाप्रबन्धक हरि कार्की “लक्की”ले बताए । नेपाली टेलिफिल्म “बचन” बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी केसी चलचित्र क्षेत्रमा ‘हामी टयाक्सी डाईभर ’बाट नेपाली चलचित्र क्षेत्रमा आएकी केसीले को कसको,दिमाग खराब,डाक्टर खाते,जानी नजानी र कप्स लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.