आईपिएल क्रीकेटमा मुम्बईको एकछत्र राज : ५ औं पटक उपाधिमा कव्जा

युएईमा जारी १३ औं आईपिएल क्रीकेटको उपाधी मुम्बई इन्डियन्सले चुमेको छ । हाल सम्म मुम्बई ५ औं पटक उपाधी कव्जा गर्न सफल भयो । फाईनलमा दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई बिजेता बनेको हो ।

मुम्बई गत सिजनको उपाधि विजेता टिम पनि हो । दिल्लीले भने पहिलो पटक आईपीएल ट्रफी हात पार्ने सपना पूरा गर्न सकेन । दिल्ली पहिलो पटक नै आईपीएलमा पुगेको थियो ।

दुबईमा भएको फाइनल म्याचमा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले सो लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि रोहित शर्माले ५१ बलमा चार छक्का र पाँच चौकासहित ६८ रन बनाए । त्यस्तै, क्विन्टन डिककले २०,
रन आउट हुनुपुर्व सूर्यकुमार यादवले १९, किरण पोलार्डले ९ र इशान किशनले नटआउट ३३ रन बनाए ।

दिल्लीका लागि एनरिक नोर्टजेले २, मार्कस स्टोइनिस, कागिसो रबाडाले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो ।

उसका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५, ऋषभ पन्तले ५६, शिखर धवनले १५ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

मुम्बईका लागि बलिङमा ट्रेन्ट बोल्टले ३, नाथनकुल्टर नाइलले २, जयन्त यादवले एक विकेट लिए

आईपीएल उपाधि जितेको मुम्बईले ट्रफीसहित १० करोड भारु पाएको छ । यो रकम गत सिजनभन्दा आधा हो । आईपीएल २०२० मा मुम्बईले २० करोड भारु पुरस्कार पाएको थियो ।

उपविजेता बनेका दिल्लीले ६ करोड २५ लाख भारु पाएको छ । गत सिजनको उपविजेता चेन्नई सुपर किंग्स (सीएसके)ले साढे १२ करोड पाएको थियो ।

त्यस्तै, प्लेअफमा पराजित सनराइजर्स हैदराबाद र इलिमिनेटरमा पराजित रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले समान ४/४ करोड पाएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.