चितवनमा ६ वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

चितवन

भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीमा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय अन्दाजी ३७ वर्षिय पुरुषलाई प्रहरीले हिजो शनिबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले एक जनालाई नियन्त्रणमा लिएको स्वीकार गर्दै घटनाबारे विस्तृत विवरण दिन अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “उद्योग हो कि दुरुत्साहन हो कि, बलात्कार हो भन्ने बारे बुझ्दै छौं, अहिले नै यही हो भन्न मिलेन ।” उहाँले नियन्त्रणमा लिएको व्यक्तिको विषयमा विस्तुत विवरण समेत आफूलाई जानकारी नभएको बताउनुभयो ।

पीडित बालिकाको परिवारले उक्त पुरुषले पटक पटक यौन दुव्र्यवहार गर्ने गरेको बताएका छन् । पछिल्लो पटक गत बिहीबार बलात्कार गरेको परिवारको आरोप छ । घटनापछि हिजो भरतपुर अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गर्दा यौनाङ्ग च्यातिएको रिपोर्ट आएको चिकित्सकलाई उदृत गर्दै पीडित परिवारले जनाएको छ । पीडित बालिकाले समेत उक्त पुरुषले यौनजन्य गतिविधि गरेको बताएकी छिन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.