चितवन तेक्वान्दो डोजाङद्वारा समाजसेवी दिपक नेपाल सम्मानित

चितवन । चितवन तेक्वान्दो डोजाङद्वारा  जापानमा रहनुहुने दिपक नेपाललाई एक विशेष कार्यक्रममा सम्मान गरिएको छ ।
। बिगत एक दशक भन्दा लामो समय जापानमा रहेर पनि नेपालमा प्रशिक्षण लिइरहेका तेक्वान्दो प्रशिक्षार्थी र प्रशिक्षको विभिन्न अत्यावशकिय विषयमा सेवा गर्दै आउनुभएकोले उहाँलाई सम्मान गरिएको हो ।

यस भन्दा अघि पनि समाजसेवी नेपालले रत्ननगर तेक्वान्दो डोजाङका प्रशिक्षार्थीहरुलाई सुरक्षित कभर्ड हल निर्माण गर्न जापानबाट लाखौं आर्थिक सहयोग संकलन गरी कभर्ड हल निर्माण गरिसक्नुभएको छ । सो को साथै चेपाङ संरक्षण केन्द्रमा अध्यायनरत चेपाङ बालबालिकाहरुलाई राखेर पढाइने भाडाको घर छोड्नुपर्ने बाध्यता भएको जानकारी प्राप्त भएपछी जापानमा नै रहेर अभियान सन्चालन गरी भवन निर्माणको पहिलो थालनी गर्नुभएको थियो भने बिकट चेपाङ बस्तीका अति बिपन्न घर बिहिन चेपाङहरुलाई घर निर्माण गर्ने र चेपाङ बालाबालिकाहरु पढ्ने बिध्यालयहरुलाई निर्माण सहयोग रकम साथै स्टेशनरी सामानहरु पनि उपलब्ध गराउँदै आउनुभएको थियो ।

चितवन जिल्लामा भएको जुनियर राष्ट्रीय टिम तयारी कार्यक्रममा नेपाललाई चितवन तेक्वान्दो एसोसिएशनका अध्यक्ष गोपाल श्रेष्ठ तथा रत्ननगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तथा रत्ननगर खेलकूद विकास समितीका संयोजक केशव आचार्यले संयुक्त रूपमा सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा अध्यक्ष श्रेष्ठले नेपालको खेलकूद प्रतिको तिब्र मोह र योगदानले चितवनमा तेक्वान्दो खेलले अरु सफलता हासिल गर्न टेवा पुगेको बताउँदै सहयोगी ब्यक्तित्वलाई सम्मान गर्न पाउँदा आफुलाई गर्व लागेको बताउनुभयो ।

सोही क्रममा सम्मानित हुनुभएका नेपालले आफू एउटा सामान्य सूचना र अवस्था संवाहक मात्र भएको र यसको सबै यश र सम्मान जापानमा रहनुहुने दानी मित्रहरुलाई अर्पण गर्न चाहन्छु भन्नुभयो । भोलिका दिनमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्नुभयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.