रत्ननगरमा बजाज महामेला, ८ वटा मोटरसाइकल साटासाट

१ भाद्र, रत्ननगर ।
बजाज मोटरसाईकलका पारखीहरुको चाहनालाई मध्येनजर गर्दै रत्ननगरमा आज बाट सुरु भएको “बजाज साटासाट महामेला” मा २ सय बढी उपभोक्ताले अवलोकन गरेका छन्। महामेलाको पहिलो दिन ८ वटा मोटरसाईकल साटासाट भएको महामेलाको आयोजक संस्था आशिर्वाद अटो मोवाईल्सका संचालक सुरेश चौधरीले जानकारी दिएका छन् । ६ दिन चल्ने महामेलामा ६० बाईक साटासाट हुने अपेक्षा गरिएको छ ।

रत्ननगरको सौराहाचोकमा रहेको सानिमा बैंक संगै रहेको खालि जग्गामा महामेला सुरु भएको हो ।यो कार्यक्रम अन्तर्गत उपभोक्ताले आफु संग भएको जुनसुकै मोटरसाईकल, स्कुटर संग बजाज कम्पनीका नया मोटरसाईकल साट्न पाउने छन् । मेलामा उपभोक्ताको पुरानो मोटरसाईकलको न्यायोचित मुल्यांकन गर्न अनुभवी भ्यालुएटर समेत ल्याईएको छ । पुरानो बाईकको उचित मुल्यांकन पश्चात कम्पनीको तर्फ बाट थप १० हजार ग्राहकलाई छुट प्रदान गरिने योजना रहेको छ ।

महामेला अन्तर्गत उपभोक्ताहरुले आगामी आर्थिक बर्षको कर समेत कम्पनीको तर्फबाट छुट स्वरुप प्राप्त गर्नेछन । किस्ताबन्दीमा मोटरसाईकल खरिद गर्न चाहनेहरुका लागी १ घण्टा भित्र लोन पास हुने व्यवस्था तथा सरल किस्ताबन्दीको सुबिधा समेत उपभोक्ताहरुले प्राप्त गर्नेछन । यो महामेला बजाज ब्राण्डको नेपालका लागी आधिकारिक कम्पनी “हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.” ले आयोजना गरेको नेपालकै बृहत मोटरसाईकल एक्सचेन्ज महामेला भएको हुँदा कम्पनीकै प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम आयोजना भएको आयोजक आशिर्वाद अटो मोवाईल्सका संचालक चौधरी बताउछन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.