गण्डकी

माघे सङक्रान्तीको अबसरमा बन्दिपुरमा गोरु जुधाई प्रतियोगिता हुने

माघे सङक्रान्तीको अबसरमा बन्दिपुरमा गोरु जुधाई प्रतियोगिता हुने

बन्दिपुर : तनहुँको बन्दिपुर गाउँपालिका वडा न २ काे ढुकुर्दीमा माघे सङक्रान्तीको अबसरमा गोरु जुधाई प्रतियोगिता हुने भएकाे छ । नारायण गोपाल युवा क्लबले विगतका वर्षहरुमा जस्तै “स्वास्थको लागि खेलकुद र युवाको लागि खेलकुद” भन्ने मुल नाराको साथ गोरु जुधाई प्रतियोगिता र गाउँ स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताकाे आयाेजना गरेकाे छ ।गोरु जुधाई तर्फ प्रथम पुरस्कार नगत रु . १५ हजार र दोस्रो पुरस्कार नगत रु. ७ हजार रहेको र दर्ता शुल्क ५ सय रहेकाे नारायण गोपाल युवा क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिनु भएको छ । पुरुष तथा महिला भलिबल प्रतियोगिता यहि पौष २५ गते बाट सुरु हुने…
Read More
कामलाई तीव्रता दिन पृथ्वी राजमार्ग दैनिक साढे चार घण्टा बन्द

कामलाई तीव्रता दिन पृथ्वी राजमार्ग दैनिक साढे चार घण्टा बन्द

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो । उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना ९ पूर्वी खण्ड का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ । राति १ बजेदेखि १स्३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा…
Read More
चितवन नवलपुर दाना वितरक संघकाे अध्यक्षमा गुरुङ चयन

चितवन नवलपुर दाना वितरक संघकाे अध्यक्षमा गुरुङ चयन

माडी : चितवन नवलपुर दाना वितरक संघकाे अध्यक्षमा वीरबहादुर गुरुङ चयन भएका छन् ।शुक्रबार माडीकाे अयाैध्यापुरी मध्यवर्ती सामुदायिक हाेमस्टेमा सम्पन्न संघकाे साताै बार्षिक साधरण सभा तथा चाैथाे अधिवेशनले गुरुङकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । निर्विराेध निर्वाचित समितिकाे बरिष्ठ उपाध्यक्षमा प्रकाश चापागाई, उपाध्यक्षमा नेत्रनारायण आचार्य र युवराज पाठक, महासचिवमा गुरुप्रसाद सुवेदी, सचिवमा सुदर्शन जाेशी, काेषाध्यक्षमा हरिशरण श्रेष्ठ चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा कुलप्रसाद पाण्डे, युवराज अर्याल, राजु बराल, राधेश्याम श्रेष्ठ, विश्वनाथ महताे, इन्द्र क्षेत्री, मनिष गाैतम, सुर्यमान शाक्य, मानबहादुर श्रेष्ठ, माधव पाैडेल चयन भएका छन् । साधरण सभा तथा अधिवशनकाे संघका पूर्वअध्यक्ष रामलाल भूषालले उद्घाटन गरेका थिए । संघका…
Read More
नारायणगढ–बुटवल सडक छिटो निर्माण गर्न दबाब, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराईने

नारायणगढ–बुटवल सडक छिटो निर्माण गर्न दबाब, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराईने

नवलपरासी : नारायणगढ–बुटवल सडकखण्डको विस्तारमा ढिलाइ भएपछि सडक क्षेत्रमा पर्ने पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देही गरी ३ वटा जिल्लाका स्थानीय तहले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका छन् । जिल्ला समन्वय समिति नवलपरासीको संयोजनमा मंगलबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भएको छलफलमा ठेकेदारले काम सुरू नगरेकाले प्रधानमन्त्रीसहित संघीय सरकारका निकायको ध्यानाकर्षण गराउँदै समयमै काम सक्ने वातावरण निर्माण गर्न दबाब दिने निर्णय गरेका छन् । जिसस नवलपरासीका प्रमुख भगौती यादवको अध्यक्षतामा भएको छलफलमा सडक आयोजनाको पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले ठेकेदारले आर्थिक अभावका कारण काम गर्न ढिलाइ गरेको जानकारी गराएका थिए ।काममा ढिलाइ गरेको भन्दै नोटिस टु करेक्ट पठाएर परामर्शदाता कम्पनीले ठेकेदार…
Read More
सहकारीको क्षमता मापन अन्तर्गत ३ दिने कार्यशाला सम्पन्न

सहकारीको क्षमता मापन अन्तर्गत ३ दिने कार्यशाला सम्पन्न

१५ श्रावण, नवलपुर । "कृषि उद्धममा महिलाको हात, उत्पादन र बजारीकरणमा सेवाको साथ" भन्ने मूल नारा सहित हेफर इन्टरनेशनल नेपालको साझेदारी र सामाजिक महिला उद्धमी सञ्जाल नेपालको आयोजनामा ३ दिने सहकारीको क्षमता मापन कार्यशाला सहजीकरण तालिमको आज एक समारोहका बीच समापन गरिएको छ । गण्डकी प्रदेश स्थित नवलपुर, गैंडाकोटमा संचालित उक्त तालिममा ६ प्रदेशका २८ जना स्थानिय श्रोत प्रदायकहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी २८ जना प्रशिक्षकमा रुपान्तरित समेत भएका छन् । सो प्रशिक्षकहरुले देशभरिका २ सय ५० सहकारीहरुमा पुगी सहकारीको ७ क्षेत्रको २४ सूचकको बारेमा समिक्षा गराउदै सहकारीहरुको वास्तविक अवस्था माकुरो जालो विधिद्वारा प्रस्तुत गर्नेछन । कार्यक्रममा हेफर…
Read More
देवघाटमा फागुन १७ देखि श्रीकृष्ण प्रणामी मन्दिरमा ज्ञानमहायज्ञ हुने

देवघाटमा फागुन १७ देखि श्रीकृष्ण प्रणामी मन्दिरमा ज्ञानमहायज्ञ हुने

देबघाट । पवित्र धार्मिक स्थल देवघाटमा निर्माण गरिएको श्रीकृष्ण प्रणामी मन्दिर, श्रीकृष्णकृपा धाम, श्री प्राणनाथ अनाथ सेवा आश्रममा यही फागुन १७ देखि २३ गतेसम्म श्रीकृष्ण प्रणामी धर्मजागनी ज्ञान महायज्ञ हुने भएको छ । मन्दिर व्यवस्थापन समितिले मन्दिर निर्माण तथा आश्रम सञ्चालनको लाथि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको हो । देवघाट गाउँपालिका वडा नं ५ मा करिब ५ करोडको लगानीमा श्रीकृष्ण प्रणामी आर्कषक मन्दिर निर्माण गरिएको छ । मन्दिरसंगै अनाथ वालवालिकालाई आवासीय सुविधा सहित शिक्षा प्रदान गर्ने उद्देश्यले मन्दिरसंगै आश्रम निर्माण गरिएको छ । मन्दिर व्यवस्थापन समितिले विहीबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १६ गते मन्दिर तथा…
Read More
भ्रष्टाचारविरूद्ध अनुसन्धान थप तीव्र बनाइन्छ : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचारविरूद्ध अनुसन्धान थप तीव्र बनाइन्छ : प्रधानमन्त्री प्रचण्ड

पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यलाई थप महत्वका साथ तीव्रता दिइने बताएका छन् । उनले विकासको वाधकका रुपमा रहेको भ्रष्टाचारलाई शून्यमा झार्नेगरी काम गरिने बताए । शनिबार (आज) दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार देशको विकराल समस्या हो, त्यसैले यसको निराकरणका लागि अनुसन्धानको दायरा थप फराकिलो बनाइन्छ ।’ ‘भ्रष्टाचार देशको विकराल समस्या हो। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ,’ उनले भने, ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। प्रहरीलाई सरकारले आवश्यक निर्देशन दिइरहेको छ…
Read More
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री

कास्की : प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवारी बन्नुपर्ने बताएका छन् । सोमबार दिउँसो कास्कीको लेखनाथमा आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईंहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु। विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्नसक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईंहरूको काँधमा पनि छ।’ दीक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, “संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका…
Read More
विमान दुर्घटना अपडेट : थप १ शव भेटियो, एकको अवस्था अझै अज्ञात

विमान दुर्घटना अपडेट : थप १ शव भेटियो, एकको अवस्था अझै अज्ञात

३ माघ, काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेर वेपत्ता भैरहेका दुई मध्य एक जनाको शव भेटिएको छ भने अझै १ को अवस्था अज्ञात नै रहेको छ । आज भेटिएको शव महिलाको रहेको छ , शव दुर्घटनास्थलबाट ७ सय मिटर तल सेती नदीमा भेटिएको हो । यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ । आज बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर अज्ञात लाशको खोजी थालिएको थियो ।
Read More
पोखरा विमान दुर्घटना : ६८ जनाको शव निकालियो

पोखरा विमान दुर्घटना : ६८ जनाको शव निकालियो

पोखरा, माघ १ । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.