टिकौलीमा रोटरीले वनाएको सार्वजनिक शौचालय हस्तान्तरण


चितवन २४ चैत । चितवनको वरण्डाभार जैविक मार्गको टिकौलीमा रोटरी क्लव अफ रत्ननगरले निर्माण गरेको सार्वजनिक शौचालय आईतवार हस्तान्तरण गरेको छ । रोटरीले जैविक विविधता सुचना केन्द्रलाई संचालनको जिम्मा दिने गरी सो शौचालय एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । रोटरी क्लव अफ रत्ननगरका निर्वा्चित अध्यक्ष एवंम् निर्माण समिति संयोजक विपिन पोखरेलले केन्द्रका अध्यक्ष इश्वरी प्रसाद लामिछानेलाई सम्झौता पत्र र चावी हस्तान्तरण गरे । करिव ५५ लाखको लागतमा सुविधा सम्पन्न शौचालय निर्माण गरिएको रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष जनक पौडेलले वताए । रोटरीले आफ्ना सदस्यहरुबाट रकम संकलन गर्नुका साथै साविक जिल्ला विकास समिति,रत्ननगर नगरपालिका,रत्ननगर उद्योग वाणिज्य संघ ,साविकको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुर लगायत संघसंस्था तथा व्यक्तीहरुसंग सहयोग जुटाएर शौचालय निर्माण गरेको हो । शिलान्यास भएको ८ वर्ष पछि निर्माण पुरा गरेर जैविक विविधता सुचना केन्द्र टिकौलीलाई शौचालय हस्तान्तरण गरिएको हो । शौचालय संचालन पछि जैविक मार्गमा सवारी रोकेर शौच गर्ने अवस्थाको अन्त्य हुने विश्वास लिईएको छ । रोटरीका निर्वा्चित डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रममा रोटरीका अध्यक्ष जनक पौडेलले शौचालय निर्माणको आयव्यय विवरण सार्वजनिक गरेका थिए । सो अवसरमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल,डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण पौडेल,रोटरी क्लव अफ रत्ननगरका संस्थापक राजेन्द्र कुमार श्रेष्ठ,रमेश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.