बार टेन्डर व्यवसायमा आकर्षण बढ्दो

चितवन २८ चैत । बढ्दो शहरीकरणसँगै चितवनमा पछिल्लो समय बारटेण्डर व्यवसायमा आकर्षण बढेको छ । विशेष गरेर युवावर्गले यो क्षेत्रलाई रोज्ने गरेका छन् । यससम्बन्धी डिप्लोमा कोर्षमा पढाइसमेत हुने गरेको छ । भरतपुर–१० स्थित स्याउली बजार हाकिमचोकमा आफ्नो अध्ययन पूरा गरे पश्चात् वैदेशिक रोजगारिका लागि बिदेश जान चाहनेहरुका लागि र स्वदेशमा नै केही गरौं भन्ने भावना भएकाहरुका लागि चितवन फ्लेयर बार टेन्डर इन्स्टिच्युट विगत ५ वर्षदेखि सन्चालनमा आइरहेको छ ।वैदेशिक रोजगारका क्रममा सिङ्गापुर स्टार क्रुजबाट नेपाल आए पश्चात् नेपालमा नै केही गरौ भन्ने भावनाले यो व्यवसाय रोजेको संचालक संजोक गुरुङ बताउनुहुन्छ । कलात्मक ढंगले प्रयोगात्मक फ्युजनको विश्वभरि चल्ने ककटेल, मक्टेल लगायत बारमा पाइने सम्पूर्ण परिकारका ट्रेनिङ ईन्स्टिच्युटमा दिइन्छ ।भरतपुरको हाकिमचोक स्याउली बजारमा अवस्थित उक्त ईन्स्टिच्युटमा फ्लेयरिङ जुन ग्राहकलाई मनोरञ्जन दिनका लागि वाइनका बोतलहरु घुमाउने रोमान्चक खेल पनि सिकाइन्छ । लाइभ म्युजिक हुने अधिकांश चितवनका बार र रेस्टुरेन्टहरुमा आफ्ना विद्यार्थीहरु कार्यरत रहेको गुरुङ बताउनुहुन्छ । वैदेशिक रोजगारीका लागि विद्यार्थी भिसामा जान चाहनेहरुका लागि एउटा सीप लिएर जाँदा राम्रो हुने र विश्वभरी नै यो बार टेन्डरको राम्रो प्रभाव रहेकाले सजिलै काम पाउने आफू विश्वस्त रहेको सञ्चालक बताउँछन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.