संघीय संसद्का दुवै सदनमा आजदेखि पूर्वबजेटबारे छलफल सुरु हुँदै

काठमाडौं २७ बैशाख । संघीय संसदका दुवै सदनमा आजदेखि पूर्वबजेट छलफल सुरु हुँदै छ। दुवै सदनमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६र०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि छलफल प्रारम्भ हुनेछ। पूर्व बजेटमा कर प्रस्ताव बाहेकमा छलफल हुनेछ। पूर्व बजेट छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। त्यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। यसपटक पूर्व बजेट छलफल अघि नै सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ। गत २० गते राष्ट्रिपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम २४ गते पारित गरिएको थियो। सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत गर्नेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.