अर्थतन्त्र

सेयर बजार उकालो तर्फ, १३.९५ अंक ले बढ्यो नेप्से

सेयर बजार उकालो तर्फ, १३.९५ अंक ले बढ्यो नेप्से

२९ कार्तिक, काठमाण्डू । आज सेयर बजारले उकालो यात्रा गरेको छ । हिजोको तुलनामा परिसूचक नेप्से १३.९५ अंक ले बढ्दा नेप्से २७४८ कायम भएको छ । आज १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो भने हिजो ७ अर्ब ९१ करोडको कारोबार भएको थियो । १५९ कम्पनीको मूल्य बढ्दा ७९ को भने घटेको छ, त्यस्तै ६ कम्पनी स्थिर रहेका छन् । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३४ प्रतिशतले बढेको छ । धेरै कारोबार भएका कम्पनीमा जानकी फाइनान्स, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमश अगाडि रहे ।
Read More
रत्ननगर उवासंघमा व्यवसायीलाई नयाँ कर नीतिबारे प्रशिक्षणात्मक अन्तर्क्रिया

रत्ननगर उवासंघमा व्यवसायीलाई नयाँ कर नीतिबारे प्रशिक्षणात्मक अन्तर्क्रिया

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा साेमबार राज्यले अबलम्बन गरेकाे नयाँ कर नीतिकाे बारेमा प्रशिक्षणात्मक अन्तर्क्रिया कार्यक्रम गरिएकाे छ । आन्तरिक राजश्व कार्यालयकाे सहयाेगमा रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे साे कार्यक्रममा २०० बढी व्यवसायीकाे सहभागिता रहेकाे थियाे । साे अबसरमा संघका अध्यक्ष शंकर गिरीले राज्यकाे दाेहाेराे कर नीतिका कारण व्यवसायी मारमा परेकाे बताए । व्यवसायी कर तिर्न प्रतिबद्ध रहदा रहदै राज्यले कर माथि कर थपेर व्यवसाय धरापमा पार्न खाेजेकाे आराेप लगाए । कार्यक्रममा आर्थिक विधेक २०८१ ले संसोधन र आयकर र मूल्य अभिबृद्धि कर (भ्याट) को बिषयमा छलफल गरिएकाे अध्यक्ष गिरीले बताए । रत्ननगर उद्योग बाणिज्य संघको सभाहलमा सोमबार गरिएको…
Read More
लघुवित्त संघर्ष समिति र अर्थ मन्त्रालय बीच ६ बुँदे सहमति

लघुवित्त संघर्ष समिति र अर्थ मन्त्रालय बीच ६ बुँदे सहमति

काठमाडौँ : लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति र अर्थमन्त्रालय बीच ६ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा दुई पक्ष बीच आज भएको वार्तापछि सहमति जुटेको हो । सहमति पत्रमा वित्तीय संस्थाहरु सेवामुखी बनाउन र समस्या समाधानका लागि राष्ट्र बैंकबाट  समय अनुकुल सुधार र प्रभावकारी कार्यान्वनयनको ब्यवस्था मिलाउनुका साथै कानुनी र नीतिगत प्रावधानहरुका सम्बन्धमा राष्ट्र बैंकको निर्देशन पालना नगर्ने वित्तीय संस्थाहरुलाई प्रचलित कानुनको बमोजिम कारवाहीको दायरमा ल्याउने लगायतका विषयहरु समावेश गरिएको छ । यस्तै लघुवित्त संस्थमा कर्जा र बचतको ब्याजदर कम गर्न अध्यायन गर्न राष्ट्र बैंकलाई आग्रह गर्ने सहमती भएको छ ।वित्तिय साक्षरता विना ऋण प्रवाह गर्न नपाउने ब्यवस्था…
Read More
सौराहामा प्रणय दिबस लक्षित १८औं फुड फेष्टिबल सुरु

सौराहामा प्रणय दिबस लक्षित १८औं फुड फेष्टिबल सुरु

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि प्रणय दिबस लक्षित १८औं सौराहा फूड फेस्टिबल सुरु भएकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना गरेकाे साे फेस्टिवलकाे प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गरेका छन् । साे अबसरमा उनले साैराहाकाे पर्यटन विकासमा सरकारले ध्यान नदिएकाे बताएका छन् । सांसद ढकालले साैराहाकाे पर्यटनलाई उद्योगकाे मान्यता र पर्यटन बाेर्डकाे कार्यालय स्थापनाका लागि आफूले एक बर्षदेखि प्रयास गरिरहेकाे बताए । उनले राज्य साैराहाप्रति जिम्मेवार नभएकाे बताए । कार्यक्रमान बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद कृष्णप्रसाद खनालले निकुञ्ज ऐन लामाे समय देखि परिमार्जन हुन नसक्दा निकुञ्ज र मानिस बीच अविश्वासकाे खाडल बढ्दै…
Read More
रत्ननगर महाेत्सव : शनिबार ४२ हजारले गरे अवलाेकन

रत्ननगर महाेत्सव : शनिबार ४२ हजारले गरे अवलाेकन

रत्ननगर । टिकाैल‌ी चाैरमा जारी रत्ननगर महाेत्सवमा शनिबार ४२ हजारले अबलाेकन गरेका छन् । रत्ननगर उद्योग बाणिज्य संघले आयाेजना गरेकाे उक्त महाेत्सवमा एकैदिन ४२ हजार बढीले अबलाेकन गरेकाे आयाेजकले जनाएकाे छ । महाेत्सवमा अहिले सम्मकै अत्याधिक भीड भएका कारण आयाेजकलाई नियन्त्रण गर्न मुस्किल भएकाे थियाे । माघ एक गते ३६ हजारले महाेत्सव अबलाेकन गरेका थिए । महाेत्सव सकिने दिन नजिकिदै गर्दा शनिबार अबलाेकनकर्ताकाे संख्या अत्याधिक भएकाे संघका अध्यक्ष तथा महाेत्सव मुल समाराेह समितिका संयाेजक शंकर गिरीले बताए । शुक्रबार सम्म एक लाख ७८ हजारले महाेत्सव अबलाेकन गरेकाे तथ्याङ्क आयाेजकले दिएकाे थियाे । यसैबीच महाेत्सव अन्तर्गत शनिबारै साहित्य गाेष्ठी सम्पन्न गरिएकाे…
Read More
रत्ननगर महाेत्सव : दर्शककाे राेजाईमा  कृषि परिसर, सांस्कृतिक घर र माेटरबाेट

रत्ननगर महाेत्सव : दर्शककाे राेजाईमा कृषि परिसर, सांस्कृतिक घर र माेटरबाेट

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजनामा टिकाैली चाैरमा जारी रत्ननगर महाेत्सवमा दैनिकरुपमा अबलाेकन कर्ताकाे संख्या बढ्दै गएकाे छ । दैनिक हजाराैले महाेत्सवकाे अबलाेकन गरेका छन् । महाेत्सवमा रहेका खास खास विषयले दर्शकलाई लाेभ्याएकाे छ । महाेत्सवमा निर्माण गरिएकाे कृषि परिसर, सांस्कृतिक घर र माेटलबाेट अबलाेकनकर्ताकाे राेजाईमा परेका छन् । कृषि परिसरमा मकै वाली लगाइएकाे छ । मकैकाे स्टाचु र मकैकाे ढाेढबाट घर निर्माण गरिएकाे छ । माछा पाेखरी र च्याउकाे टनेल समेत रहेकाे कृषि परिसरमा गाईले बाच्छीलाई दूध चुसाउदै गरेकाे मुर्ति निर्माण गरिएकाे छ । कृषि परिसरमा रहेकाे यिनै दृश्य हेर्ने र फाेटाे खिच्नेकाे भीड थामिनसक्नु छ । यता…
Read More
रत्ननगर महाेत्सव : एकै दिन ३६ हजारले गरे अबलाेकन

रत्ननगर महाेत्सव : एकै दिन ३६ हजारले गरे अबलाेकन

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघकाे आयाेजनामा टिकाैली चाैरमा जारी रत्ननगर महाेत्सवकाे एकै दिन ३६ हजार बढीले अबलाेकन गरेका छन् । साेमबार माघे संक्रान्ति परेका कारण महाेत्सव अबलाेकनकर्ताकाे संख्या उल्लेख्य रुपमा वृद्धि भएकाे हाे । महाेत्सवमा अबलाेकनकर्ताकाे भीड बढेपछि आयाेजकलाई नियन्त्रण गर्न मुश्किल भएकाे थियाे । पाैष २६ गतेबाट महाेत्सव सुुरु भएकाे हाे । पहिलाे दिन १० हजार, दाेस्राे दिन १० हजार, तेस्राे दिन २८ गते १५ हजार, २९ गते १२ हजार र साेमबार एकै दिन ३६ हजारले महाेत्सव अबलाेकन गरेकाे संघका काेषाध्यक्ष तथा टिकट व्यवस्थापन समितिका संयाेजक विनाेद घिमिरेले जानकारी दिए । रत्ननगर महाेत्सवकाे १२ औं संस्करणमा कृषि र…
Read More
मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा : अर्थमन्त्री महत

मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताएका छन् । मंगलवार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी रहेको पनि बताए । उनले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पु¥याउन सकिने बताएका छन् । अर्थमन्त्री महतले देश भित्रै केही गर्न युवाहरुलाई पनि आह्वान गरे । नेपालमा केही छैन भन्ने सोचेर बाहिर जाने भन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर…
Read More
चितवन नारायणी महोत्सव सुरु

चितवन नारायणी महोत्सव सुरु

चितवन : चितवनको भरतपुरस्थित नारायणी नदीकिनारमा बुधबारदेखि चितवन नारायणी महोत्सव सुरु भएको छ । महोत्सवको एक भव्य समारोहका बीच जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै जिसस प्रमुख अधिकारीले आर्थिक क्षेत्र चलायमान बनाउन महोत्सव उपयोगी हुने बताए । रिकभरिङ युनाईटेड प्रालि र औद्योगिक शान्ति नेपालको संयुक्त आयोजनामा सञ्चालित उक्त महोत्सवमा अधिकारीले भने, ‘लागुऔषधको दुव्र्यसनीमा फँसेका विपन्न वर्गका युवाहरूलाई दुव्र्यसनीको दलदलबाट निकालेर सम्मानित जीवन जिउन लायक बनाउने संस्थाको अभियान सराहनीय छ ।’ मानव सेवा आश्रमले हालसालै गरेको सडक मानव उत्थानको प्रसंग कोट्याउँदै अधिकारीले भने, ‘दुव्र्यसनमा फँसेका युवाको उद्धार पनि आजको टड्कारो आवश्यकता हो ।’…
Read More
चितवन राष्ट्रिय निकुञ्जले दशैंमा संकलन गर्यो १ करोड ८५ लाख राजश्व

चितवन राष्ट्रिय निकुञ्जले दशैंमा संकलन गर्यो १ करोड ८५ लाख राजश्व

चितवन । चितवन राष्ट्रिय निकुञ्जले दशैंको बेलामा १ करोड ८५ लाख राजश्व संकलन गरेको छ ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपाली, सार्क देश, विदेशी तथा निकुञ्जमा चल्ने जीपबाट १ करोड ८५ लाख ४४ हजार ९ सय ५० राजश्व संकलन गरेको हो । सौराहा, कसरा, मेघौली, माडी, अमलटारी (नवलपरासी) र कुजौलीबाट जीप तथा पर्यटकहरु निकुञ्ज भ्रमणका लागि जाने गर्दछन् । सूचना अधिकारी तिवारीका अनुसार यो अवधिमा नेपाली १३ हजार २ सय ३३, सार्क देशका ७७९ र विदेशी ६ हजार ४८ गरी २० हजार ६० पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटक बोक्ने जीप ७३७ पटक निकुञ्ज भित्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.