नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही छैन : नेपाली कांग्रेस
काठमाडौं,वैशाख २० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि नभएको टिप्पणी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अघिल्लो वर्षकै निरन्तरता बाहेक सरकारले आफ्नो नीति तथा कार्यक्रम केही थप उल्लेख गर्न नसकेको बताउनु भयो । सभापति देउवाले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नुको साटो ‘नेपाल सरकार’ भनेको भए उपयुक्त हुने धारणा पनि राख्नु भयो । राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने रहर रहेको आफूलाई अनुभूति भएको सभापति देउवाको भनाई छ । त्यसैगरी कांग्रेस संसदीय दलका प्रमुख…