अर्थतन्त्र

विश्व बैङ्कको सशर्त अनुदानमा सार्वजनिक लेखा समितिलाई ब्रान्डेड ल्यापटप

काठमाडौं : विश्व बैङ्कको सशर्त अनुदानमा सांसदको सार्वजनिक लेखा समितिका लागि १६ थान ब्रान्डेड ल्यापटप खरिद गरिने भएको छ । लेखा समितिमार्फत सञ्चालन हुने सार्वजनिक वित्तीय सुधार कार्यक्रमअन्तर्गत आवश्यक १६ थान ल्यापटप खरिदका लागि संघीय संसद सचिवालयले बोलपत्र प्रकाशित गरेको छ । संसदको सार्वजनिक लेखा समिति देशको आर्थिक सुशासनको मामिला हेर्ने समिति हो । यो समिति अन्तर्गत विश्व बैङ्कको परियोजना लागु हुन लागेपछि ल्यापटप किन्न लागिएको हो । संसद सचिवालयले यो खरिद प्रक्रियामा सिलबन्दी दरभाउपत्र बुझाउने म्याद असार १२ गतेसम्म तोकेको छ ।
Read More
लकडाउनमा पनि कर अनिबार्य : जेठ २५ सम्म कर तिरिसक्न सरकारको ताकेता

लकडाउनमा पनि कर अनिबार्य : जेठ २५ सम्म कर तिरिसक्न सरकारको ताकेता

काठमाडौं : सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गर्न थालेको छ । सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव बढाएको छ । लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद बैठकले वैशाख २५सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । तर, पछिल्लोपटक लकडाउन लम्बाउँदै जेठ ३१ गतेसम्म विस्तार गर्ने निर्णय लिएको सरकारले जेठ २५ पछिको कर भुक्तानीको लागि दिइएको म्याद थपेको छैन । बरु आन्तरिक राजस्व विभागले…
Read More
सगरमाथा मोबाइल सौराहचोकले ल्यायो चाडपर्व अफर

सगरमाथा मोबाइल सौराहचोकले ल्यायो चाडपर्व अफर

२३ भाद्र २०७६, रत्ननगर । रत्ननगरको गङ्गा प्लाजा सौराहाचोकमा रहेको सगरमाथा मोबाइलले हरेक बर्ष जस्तै यो बर्ष पनि चाडपर्व अफर सार्बजनिक गरेको छ । बिगत १२ बर्षदेखि रत्ननगरमा सेवा दिदै आएको सगरमाथा मोबाइल पूर्वी चितवनमा सर्वाधिक ग्राहक बर्गले रुचाएको मोबाइल पसलमा पर्दछ । यसपटकको चाडपर्व अफर अन्तर्गत बम्पर उपहारमा फ्यासिनो स्कुटर एकजनालाई , त्यस्तै ३२ इन्ची एल इ डि टिभी एकजनालाई, स्मार्टफोन दुई जनालाई, त्यस्तै हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार, हरेक मोबाइलको खरिदमा ३२ जीवि मेमरी कार्ड त्यस्तै क्यास्ब्याक लगाएतका योजनाहरु अगाडी सारिएको सगरमाथा मोबाइलका प्रोप्राइटर शंकर पौडेलले जानकारी दिएका छन् । यो उपहार सगरमाथा मोबाइलका तर्फबाट मात्र…
Read More
समाज सेवालाई नै सवैभन्दा ठुलो सम्पतीको रुपमा लिदै आएको छु : समाजसेवी अर्याल

समाज सेवालाई नै सवैभन्दा ठुलो सम्पतीको रुपमा लिदै आएको छु : समाजसेवी अर्याल

मानिस जन्मेपछि समाजप्रति उत्तरदायी हुनुपर्छ, यही सोचलाई आत्मासाथ गर्दै धादिङ जिल्लाको मैदी गाबिसमा वडा नम्बर २ मा जन्मिनु भएका हाल चितवनको रत्ननगर ३ मा बसोबास गर्दै आउनु भएका केशव प्रसाद अर्याल सामाजिक कार्यमा निरन्तर लागि रहनुभएको छ । आधारभूत आवश्यकता पूर्ति संगै मानिसले अन्य आवश्यकता र अवसरको पहिचान गर्दै धन, मान, प्रतिष्ठा आदि आर्जन गर्न थाल्छ । व्यवसायीको पहिलो उदेश्य आफ्नो ब्यवसाय विस्तार र आर्थिक समुन्नति नै हुन्छ । व्यवसायलाई सामाजिक उत्तरदायीत्वको कोणबाट संचालन र योजना गर्ने क्षमता थोरै ब्यक्तिमा मात्र छ । सानै उमेरदेखि सामाजिक क्षेत्रमा रुचि राख्दै विभिन्न संघ/संस्था मार्फत सामजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका अर्यालले विगतमा धेरै…
Read More
पेट्रोलियम पदार्थको मूल्यमा समायोजन

पेट्रोलियम पदार्थको मूल्यमा समायोजन

काठमाडौं, ३ जेठ । डिजेल पेट्रोलको मूल्यमा समायोजन गरिएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागूहुने गरि मूल्यमा समायोजन गरेको हो । यस्तै हवाई इन्धन,एलपी ग्याँसमा भने मूल्य यथावतनै रहेको निगमका निर्देशक बिरेन्द्र गोइतले जानकारी दिएका छन् । इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएपछि मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइत जानकारी दिए । समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमामा पेट्रोलमा १५.६७ रुपैया र डिजेलमा १६.६४ प्रति लि.मा नेपालमा नै सस्तो हुने निगमले जनाएको छ ।
Read More
जेठ १५ बाट बेरोजगार युवालाई काममा लगाईने

जेठ १५ बाट बेरोजगार युवालाई काममा लगाईने

काठमाडौ २ जेठ । सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत यस वर्ष १ लाख भन्दा बिढ युवालाई जेठ १५ गतेबाट रोजगारी दिइने भएको छ । ३ महिना अघि घोषणा गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वेरोजगारहरुले आवेदन भरिसकेका छन् । ७ सय ५३ वटै स्थानीय तहले आवेदन संकलन पछि अद्यावधिक गर्ने काम भइरहेको हुनाले जेठ १५ बाट मात्रै उनीहरुलाई काममा लगाईने सरकारले तयारी गरेको छ । सय दिनको काम दिने र काम दिन नसके निर्वाहमुखि भत्ता दिनेगरि ल्याइएको कार्यक्रम यस वर्ष भने ३० दिनमा सिमित हुने भएको छ । सरकारले यसका लागि २ अर्ब ३६ करोड बजेटपनि विनियोजन गरिसकेको छ…
Read More
चिया उद्योगी र मजदुरबीच ३ बुँदे सहमति, ४५ दिन लामो आन्दोलन फिर्ता

चिया उद्योगी र मजदुरबीच ३ बुँदे सहमति, ४५ दिन लामो आन्दोलन फिर्ता

भद्रपुर ३१ वैशाख । नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुरको विभिन्न सङ्घ सङ्गठनका वार्ताकारबीच तीन बुँदे सहमति भएको हो । वार्तामा सहभागी अखिल नेपाल ट्रेड युनियन महासङ्घ १ नं प्रदेशका उपाध्यक्ष सन्तकुमार राईका अनुसार सहमतिको पहिलो बुँदामा नेपाल सरकारले २०७५ साउन ३१ गते राजपत्रमा प्रकाशित गरी चिया बगान तथा कारखानामा काम गर्ने…
Read More
अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितन बैशाख ३० । कुखुराको अन्डाको मूल्य बढेको छ । नेपाल अण्डा उत्पादक संघको आइतबार बसेको बैठकले अण्डाको मूल्य बढाएको हो । अण्डाको मूल्य प्रति क्रेट ५० रुपैयाँ बढाइएको नेपाल कुखुरा व्यवसायी मन्चका कार्यकारी अधिकृत शिव बरालले जानकारी दिए । यो भन्दा पहिले किसान मूल्य प्रतिक्रेट दुई सय रुपैयाँ रहेकोमा दाना तथा लागत मूल्य र बजार मागलाई मध्यनजर गर्दै संघले प्रति क्रेट ५० रुपैयाँ बढाएको बरालले बताए । अण्डाको मूल्य बढेसँगै किसानलाई राहत मिल्ने भएको छ । लागत मूल्य अनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए ।
Read More
संघीय संसद्का दुवै सदनमा आजदेखि पूर्वबजेटबारे छलफल सुरु हुँदै

संघीय संसद्का दुवै सदनमा आजदेखि पूर्वबजेटबारे छलफल सुरु हुँदै

काठमाडौं २७ बैशाख । संघीय संसदका दुवै सदनमा आजदेखि पूर्वबजेट छलफल सुरु हुँदै छ। दुवै सदनमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६र०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि छलफल प्रारम्भ हुनेछ। पूर्व बजेटमा कर प्रस्ताव बाहेकमा छलफल हुनेछ। पूर्व बजेट छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। त्यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। यसपटक पूर्व बजेट छलफल अघि नै सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ। गत २० गते राष्ट्रिपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा पेश गरेको नीति तथा…
Read More
सौराहा चोक ट्याम्पु पार्कमा ‘यामाहा महा एक्सचेन्ज मेला’ हुने

सौराहा चोक ट्याम्पु पार्कमा ‘यामाहा महा एक्सचेन्ज मेला’ हुने

चितवन,२६ वैशाख । चितवनमा ‘यामाहा महा एक्सचेन्ज मेला’ हुने भएको छ । चितवनको लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टस यामाहाले उत्साहजनक रुपमा ‘यामाहा महा एक्सचेन्ज मेला’ हुँने जनाएको छ । सौराहा चोक ट्याम्पु पार्कमा बिहिबार २६ गते देखि सुरु हुने मेला आउँदो २९ गतेसम्म चल्नेछ । जान पाइनेछ । आफ्नो पुरानो बाइकको राम्रो मूल्यांकन पनि ग्राहकले मेला स्थलमा नै पाउनेछन् । मूल्यांकन भएको पुरानो बाइक र स्कुटर मूल्यमा यामाहा कम्पनीले १० हजार रुपैयाँ थप दिनेछ । यामाहा ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा राम्रो मूल्यांकन गरिने कम्पनीले जनाएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.