अण्डाको मूल्य बढ्यो

चितन बैशाख ३० । कुखुराको अन्डाको मूल्य बढेको छ । नेपाल अण्डा उत्पादक संघको आइतबार बसेको बैठकले अण्डाको मूल्य बढाएको हो ।

अण्डाको मूल्य प्रति क्रेट ५० रुपैयाँ बढाइएको नेपाल कुखुरा व्यवसायी मन्चका कार्यकारी अधिकृत शिव बरालले जानकारी दिए । यो भन्दा पहिले किसान मूल्य प्रतिक्रेट दुई सय रुपैयाँ रहेकोमा दाना तथा लागत मूल्य र बजार मागलाई मध्यनजर गर्दै संघले प्रति क्रेट ५० रुपैयाँ बढाएको बरालले बताए ।

अण्डाको मूल्य बढेसँगै किसानलाई राहत मिल्ने भएको छ । लागत मूल्य अनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.