सडक बोर्डको दस्तुर संकलन केन्द्र आगजनी गर्ने तीन जना धरौटीमा छुटे

चितवन , ७ जेठ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा तोडफोड एवं आगजनी गर्ने तीन जना मंगलबार छुटेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत शुक्रबार पक्राउ परेका रेष्टुरेन्ट एण्ड बार एशोशिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी सहित रत्ननगर नगरपालिका वडा नम्बर ९ का कुल प्रसाद लामिछाने, राप्ती नगरपालिका वडा नम्बर ८ का खिलप्रसाद घिमिरेलाई प्रतिव्यक्ती ५४ हजार रुपैयाँ धरौटीमा मंगलबार छुटेका हुन् । लामिछाने र घिमिरेलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।
यता, आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर संकलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालीले गोकर्ण गिरीसहित उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिना लगायतका बिरुद्ध कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करीब चार लाख रुपैयाँ समेत लुटिएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेपनि प्रहरीले हालसम्म उनीहरुलाई पक्राउ गर्न सकेको छैनन् ।

आफ्नै गृह जिल्लामा आउँदा समेत पटकै पिच्छे कर तिर्नुपर्ने बाध्यताले आजित यहाँका स्थानीयले गत, शुक्रबार बिहान ११ बजे ढाटमा आगो लगाएका थिए । आगजनी बाट ढाट पुर्ण रूपमा क्षती भएको छ । प्रदेशसभाका सांसद कृष्ण खनालको नेतृत्वमा आएका ३०र४० जना स्थानीयले ड्युटीमा खटिएका गोन्द्राङ प्रहरी चौकीका असइ कल्पना खड्कामाथि समेत आक्रमण गरेका थिए । आक्रमणमा परी असइ खड्का गम्भीर घाइते भएकी छिन् । उनको अहिले पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीलाई पेट्रोल हाल्ने मुख्य व्यक्तीहरु भने फरार रहेको र खोजी भइरहेको बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.