आईपिएल क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र सनराइजर्सं हैदराबादको खेल हुने

यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा आज राजस्थान रोयल्स र सनराइजर्सं हैदराबाद खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ ।

आजको खेल दुबै टिमका लागि निकै महत्वपूर्ण छ । यति आजको खेल हारेमा ‘प्लेअफ’मा पुग्न निकै गाह्रो हुनेछ । राजस्थानले १० खेलमध्ये चारमा जित र ६ खेलमा हारको सामना गरेको छ ।

हैदराबादले ९ खेलमा ३ म्याचमा मात्र जित हासिल गरेको छ । अंक तालिकामा राजस्थान छैठौँ (८ अंक) र हैदराबाद सातौँ (६ अंक) छ ।

हैदराबादले हालसम्म तीन पटक फाइनलमा स्थान बनाएको छ । र, एक पटक उसले उपाधि जितेको छ । राजस्थानले हालसम्म एक पटक आईपीएल ट्रफी हात पारेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.