यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) खेल्दै छन् । यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि अबुधाबीमा सुरु हुनेछ ।
जारी सिजनमा दुबै टिम राम्रो लयमा देखिएका छन् । दुबै टिमले ११ म्याचमा समान ७ मा जित र चार खेलमा हारको सामना गरेका छन् । आजको खेल जित्ने टिम ‘प्लेअफ’मा स्थान पक्का गर्नेछ ।
मुम्बईका नियमित कप्तान रोहित शर्मा चोटका कारण विश्राम गरिरहेका छन् । उनी आजको खेलमा पुन : टिम संग जोडिने सम्भावना रहेको छ । मुम्बई इण्डियन्सको आधिकारीक फेसबुक पेजले सो कुरा जनाएको छ ।
रोहित आराम गरिरहेकाले पछिल्ला २ म्याचमा मुम्बईको कप्तानी किरण पोलार्डले गरेका थिए । पोलार्ड ले १ खेलमा जित र १ खेलमा हार बेहोरेका थिए ।