नेपाली केबल तथा सेटेलाइट च्यानलहरुमा आइपीएल को प्रशारण हुने

काठमाडौं : नेपाली केबल तथा सेटेलाइट च्यानल अपरेटरहरुले आजबाट इन्डियन प्रिमियर लिग (आइपीएल) को प्रशारण गर्ने भएका छन् ।

सरकारले कात्तिक ८ गतेबाट लागु गरेको क्लिन फिड (विदेशी विज्ञापनरहित) का कारण अवरुद्ध बनेको स्टार स्पोर्टसको एउटा च्यानलको प्रशारण आजबाट सुरु भएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए। यो च्यानलको प्रशारण एसडी गुणस्तरणमा मात्रै उपलब्ध हुने आचार्यले जानकारी दिए।

डिभाइन स्ट्रिम नेटवर्क प्रालिले स्टार स्पोर्ट्ससँग मिलेर नेपाली केबल तथा सेटेलाइट अपरेटरहरुलाई च्यानल वितरण गर्न लागको मेरो टिभीका प्रबन्ध निर्देशक प्रकाश घिमिरेले जानकारी दिए। सबै सेवा प्रदायकहरुले आइपी प्रविधि मार्फत् आजबाट आइपीएलको प्रशारण गर्न लागेको उनले बताए।

मेरो टिभीको च्यानल नम्बर ६०४ (स्काई नेटवर्क) मा आजबाट आइपीएल हेर्न सकिने घिमिरेले बताए। ‘यो अस्थायी समाधान मात्रै हो, दर्शकहरुले डिसहोमको च्यानल नं ६०० मा स्टार स्पोर्टस् हेर्न सक्नुहुन्छ,’ आचार्यले भने।

यस्तै, स्टार नेटवर्कको एउटा मात्रै च्यानल प्रशारण हुन लागेकाले आइपीएलसँगै निकै चासो मानिएको इंग्लिस प्रिमियर लिगको प्रशारण बारे अहिलेसम्म टुंङ्गो नलागेको घिमिरेले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.