दिनहुँ हुदै आईरहेको कोरोना अपडेट अब साताको दुई दिनमात्रै हुने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै हुने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङ साताको दुई दिन मात्रै हुने जानकारी दिएका हुन् ।

उनले भने, “नियमित प्रेस ब्रिफिङको तालिका परिवर्तन भएको छ । अब सातामा आइतबार र बुधबार साविककै समयमा प्रेस ब्रिफिङ हुनेछ भने अन्य दिन ४:३० बजे मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक र ट्विटरमार्फत तथ्यांक अपलोड गरिनेछ ।”

यसअघ हरेक दिन नियमित प्रेस ब्रिफिङ हुँदै आएको थियो । मन्त्रालयले प्रेस ब्रिफिङको तालिका परिवर्तनको कारण भने खुलाइएको छैन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.