यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत भर्खरै सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबि) लाई ५ विकेटले हराउदै मुम्बई इण्डियन्स विजयी भएको छ ।
आजको जितसँगै मुम्बईले ‘प्लेअफ’को यात्रा पक्का गरेको छ । जारी आईपीएलमा ‘प्लेअफ’प्रवेश गर्ने मुम्बई पहिलो टिम बनेको छ ।
आज आरसीबीले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो । उसका लागि सूर्यकमाुर यादवले ४३ बलमा १० चौका र ३ छक्कासहित अविजित ७९ रन बनाए ।
त्यस्तै, इशान किशनले २५, क्विन्टन डीककले १८, हार्दिक पाण्ड्याले १७, कुणाल पाण्ड्याले १० रन बनाए ।
बलिङमा आरसीबीका मोहम्मद सिराज, युजवेन्द्र चहलले २/२ र क्रिस मोरिसले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
उसका लागि देवदत्त पाडिक्कलले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा १२ चौका र एक छक्कासहित ७४ रन बनाए ।
त्यस्तै, जोश फिलिपले ३३, एबी डिभिलियर्सले १५, गुरकितमान सिंहले अविजित १४ र वासिङ्टन सुन्दरले पनि अविजित रहदै १२ रन बनाए ।
बलिङमा मुम्बई इण्डियन्सका स्टार बलर जसप्रीत बुमराहले शानदार बलिङ गरे । उनले आफ्नो चार ओभरमा १ मेडन सहित महत्वपूर्ण ३ विकेट लिएर १४ रन मात्र खर्चिए ।
बुमराहले आजै आईपिएलमा १०० विकेट पूरा गरे । उनको विकेटमा रेकर्ड समेत बनेको छ । आईपिएलमा पहिलो विकेट र १०० औ विकेट दुबै विराट कोहलीको नै लिएर उनले किर्तिमान काएम गरेका हुन । कोहलिको अतिरिक्त देवदत्त पाडिक्कल र शिवम दुबेलाई समेत आउट गरेर उनले आपिएल मा कुल १ सय २ विकेट लिन सफल भएका छन । आजको खेलमा बुमराहको ३ विकेटका अतिरिक्त ट्रेन्ट बोल्ट, राहुल चाहर र कप्तान किरण पोलार्डले एक/एक विकेट लिए ।