यूएईमा जारी १३ औँ सिजनको आईपीएलको ५० औँ म्याचमा आज किंग्स इलावेन पञ्जाब र राजस्थान रोयल्स खेल्दै छन् । यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।
जारी सिजनमा पञ्जाबले १२ खेलमा ६ मा जित र ६ खेलमा हारको सामना गरेको छ । त्यस्तै, राजस्थानले १२ खेलमध्ये ५ खेलमा जित हासिल गरेको छ ।
यो पटक पञ्जाबमा के एल राहुल र राजस्थानमा स्टिभ स्मिथ कप्तान छन् । हालसम्म राजस्थानले एक पटक आईपीएल उपाधि जितेको छ । पञ्जाबले भने अहिलेसम्म उपाधि हात पार्न सकेको छैन ।
लामो समय अंक तालिकाको अन्तिममा बसेको पंजावले पछिल्लो समय लगातार जित निकालेको छ । सोहि जितको कारण हाल पंजाव अंकतालिकाको चौथो स्थानमा आईपुगेको छ । क्रिस गेललाई मैदानमा उतारेपछि पंजावको दिन फेरिएको देख्न सकिन्छ ।
त्यस्तै राजस्थान रोयल्स अंक तालिकामा सातौँ नम्बरमा छ । उसले आफ्नो बाकि २ खेल नै जिते पनि प्लेअफ़मा स्थान बनाउन गणितिय हिसाव कुर्नुपर्ने देखिन्छ ।