श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा न्यानो कपडा वितरण

चितवन : आफ्नो नियमित कार्यक्रम अन्तर्गत श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले आज पौष २६ गते रत्ननगर नगरपालिका वडा नं १५ स्थित विन्देश्वरी आधारभुत विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । परिषद्का केन्द्रिय उपाध्यक्ष जगदिशचन्द्र शर्माको समापतित्व एवम् वडा नं १५का वडा अध्यक्ष हुमनाथ लामीछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम परिषद्का जिल्ला अध्यक्ष वसन्त अधिकारीले सञ्चालन गर्नु भएको थियो।

चितवनका विकट पहाडी क्षेत्रका बहुसंख्यक प्रजा छात्रा छात्रा अध्ययन गर्ने सो विद्यालयमा विगतका वर्षमा जस्तै यो वर्ष पनि १६० जना वालवालिकालाई न्यानो कपडा स्वरुप विद्यालय पोषाक हुने गरी ट्रयाकसुट वितरण गरियो।परिषद्‌का वाग्मति प्रदेश संयोजक प्रमोद वाग्ले , केन्द्रिय सदस्यहरु विष्णु वाग्ले / धर्मराज खनाल , वि.व्य.स. अध्यक्ष पुरुषोतम कट्टेल , प्रअ भिमप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रम प्रदेश सदस्य युवराज वरालले संयोजन गर्नुभएको थियो।

दुर्व्यसन त्यागौँ, सेवामुखी बनौँ भन्ने मुल भावना बाट सञ्चालित परिषदलेआफैवाट परिचालित भएर रकम संकलन गरि देशका विभिन्न क्षेत्रहरुमा सेवाका कार्यहरु गर्दै आएको कार्यक्रमका अध्यक्ष शर्माले वताउनु भयो।कार्यक्रम संयोजक वरालले आगामि दिनमा पनि विभिन्न प्रकारका सेवाका कार्यक्रम लिएर विद्यालय संगको सम्बन्ध अझ आत्मिय बनाउँदै विपन्न वर्गका वालवालिकालाई शिक्षाको उज्यालो ज्योतिमा समाहित बनाउने कार्यक्रममा सधैँ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.