खैरहनीका युवाको सक्रियतामा खाद्य सामग्री सहयोग

चितवन,जेठ १६
कोरोना महामारीको दोस्रो लहरका कारण समस्यामा परेका एकसय घरधुरीलाई आइतवार खाद्य सामग्री सहयोग गरिएको छ ।

चितवनको खैरहनी नगरपालिका वडा नम्वर १३ का स्थानिय युवाहरु विजय वोहरा,अशोक उदास,विकास दुवाडी, रञ्जन भण्डारी, देवराज नेपाल, नारायण अर्याल, राहुल शर्मा, किसन ढकाल, वुद्धिलाल श्रेष्ठ, गौतम अधिकारी, नसिब दाहाल लगायतको सक्रियतामा हर्नरी वैरिया र गवैका स्थानिय अतिविपन्न ,अशक्त र अपाङ्गता भएकाहरुलाई खाद्य सामग्री सहयोग गरीएको हो ।

स्थानिय १० जना युवाहरुको सक्रियतामा संकलित रकमबाट स्थानिय १ सय घरधुरीलाई प्रति परिवार १ बोरा चामल,दाल,नुन,तेल,सावुन सहयोग गरिएको संचारकर्मी संजय दुवाडीले जानकारी दिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.