‘ए मेरो हजुर ४’ को टिजरसहित नयाँ प्रदर्शन मिति सार्वजनिक

पौष ३०,काठमाडौं
फिल्म ‘ए मेरो हजुर ४’ को टिजरसहित नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म आउँदो नयाँ वर्ष अर्थात २०७९ साल बैशाख १ गते रिलिज हुने तय भएको हो।

सार्वजनिक टिजरमा अनमोल केसी र सुहाना थापालाई देख्न सकिन्छ। टिजरमा उनीहरुकै प्रेमदेखि विछोडसम्मको कथा समेटिएको छ। फिल्ममा झरना थापाको निर्देशन रहेको छ। फिल्मको कथा झरना थापाले नै लेखेकी हुन्।

यसअघि चैत्र २५ लाई रिलिज मिति तोकिएको फिल्म अब एक सातापछि रिलिज हुने भएको छ। ‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले निकै रुचाएका थिए। बक्स अफिसमा फिल्मले राम्रो व्यापार समेत गरेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.