प्रचन्डलाई प्रमुख अतिथि नबनाएपछि प्रेस सेन्टरका सदस्यले गरे महासंघको बैठक बहिस्कार

पुस ३०काठमाडौं,

मिडिया अवार्ड वितरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई प्रमुख अतिथि नबनाएको भन्दै प्रेस सेन्टरसम्बद्ध सदस्यहरू नेपाल पत्रकार महासंघको बैठक छोडेर बाहिरिएका छन् ।

कपिलबस्तुको तिलौराकोटमा शुक्रबार बिहानबाट सुरु भएको बैठकबाट प्रेस सेन्टरसम्बद्ध केही सदस्यहरू बाहिरिएका हुन् । मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेल आफू मात्रै सहभागी भएकोले त्यसको प्रतिशोधमा महासचिव रोशन पुरीको योजनामा प्रेस सेन्टर सम्बद्ध सदस्यहरू बैठक छोडेर बाहिरिएका हुन् ।

महासचिव पुरीले बैठक सञ्चालन गरिरहँदा सेन्टर निकट सदस्यहरू बाहिरिँदा पनि कुनै रुलिङ नगरी उनीहरूप्रति सद्भाव देखाएको एक केन्द्रीय सदस्यले बताए ।

बैठकको प्रक्रिया सुरु नहुँदै महासचिवको योजनामा सेन्टर निकट सदस्यहरू बोलेर बाहिरिएका थिए । महासचिवले बहिस्कारका नाममा बैठक पूर्व नै सेन्टर निकट सदस्यहरूलाई बाहिर पठाएर महासंघले गठन गर्न लागेको विभिन्न विभागहरूमा बार्गेनिङ गर्ने रणतीति बनाएको बुझिएको छ ।

असन्तुष्टिका कुराहरू बैठकमै राख्नुको साटो बैठक सुरु नहुँदै बाहिर निस्किनु अमर्यादित काम भएको लेखा समिति सदस्य मुकुन्द भन्डारीले बैठकमै बताएका थिए ।

यस्तै केन्द्रीय सदस्य रमेश खतिवडाले बैठक बिधानसम्मत चल्नुपर्ने बताएका थिए । बैठक नियमित रुपमा सञ्चालनका लागि पदाधिकारीहरू छलफलमा जुटेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.