भारतमा एकैदिन दुई लाख ८२ हजार कोरोना सङ्क्रमित थपिए

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ७९ लाख १ हजार २४१ रहेको अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १८ लाख ३१ हजार रहेको छ । हाल रहेका सक्रिय सङ्क्रमित मध्ये आठ हजार ९६१ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनभाइरसबाट अघिल्लो दिनको तुलनामा बुधबार सङ्क्रमितहरुको सङ्ख्या ०.७९ प्रतिशत बढी रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ८८ हजार १५७ जना सङ्क्रमणमुक्त भएका छन् ।भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५५ लाख ८३ हजार ३९ पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.८८ प्रतिशत रहेको जनाइएको छ ।

पछिल्लो एक दिनमा ४४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८७ हजार २०२ रहेको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ७४ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५८ करोड ८८ लाख ४७ हजार भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । (रासस/एएनआई)

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.