भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु

७ माघ,नयाँ दिल्ली

भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु भएको छ । यो भारतमा तेस्रो लहर सुरु भएपछि अहिलेसम्मकै धेरै मृत्यु हो । त्यस्तै, पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार जना संक्रमित भएका छन् ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतमा संक्रमित ह्वात्तै बढेको छ । अहिलेसम्म ६ हजार ९९२ जनामा ओमिक्रोन देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ४ दशमलव ३६ प्रतिशतले बढी हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर १७ दशमलब ५४ प्रतिशत छ ।

केही राज्यमा संक्रमण दर ‘पिक’ मा पुगेर घट्न थालेको विज्ञहरुले बताएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.