समूह बिजेता बन्यो नेपाल , क्यानडा ८ विकेटले पराजित

काठमाडौं । नेपाली क्रिकेट टिम ओमानमा जारी आईसीसी टी–२० विश्वकपको ग्लाबल छनोटको सेमिफाइनलमा पुगेको छ । केहीबेर पहिले सम्पन्न खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’बाट खेलेको नेपालले तीन म्याचमै जित हात पार्यो ।

नेपालले अब सेमिफाइनलमा समूह ‘ए’को उपविजेता यूएईको सामना गर्नेछ । नेपाल र यूएईबीचको खेल मंगलबार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ । सो खेल जित्ने टोलीले यही वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ ।

समूह चरणको तेस्रो खेलमा क्यानडाले दिएको  ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ बलमा ३ चौकाको सहयोगमा अविजित ३४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा तीन चौकासहित अविजित  २७ रनको योगदान दिए । आसिफ शेख १७ रनमा आउट हुँदा कुशल मल्लले खाता खोल्न सकेनन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.