एमसीसीको विपक्षमा मतदान गरे गठबन्धन टुट्छ : गगन थापा

चितवन १० फागुन

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धनमा रहेका दलहरुले अमेरिकी सहयोग परियोजना (एमसीसी)को विपक्षमा मतदान गरे गठबन्धन भत्किने चेतावनी दिनु भएको छ ।

मंगलबार दिउँसो चितवन आइपुग्नु भएका महामन्त्री थापाले भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा संक्षिप्त कुरागर्दै गठबन्धन सरकारले संसदमा पेश गरेको एमसीसीको विपक्षमा गठबन्धनमा रहेका दलहरुले मतदान गठबन्धनको औचित्य सकिने बताउनुभयो । ‘गठबन्धनमा आफू सहभागि भएर त्यही सरकारले ल्याएको प्रस्तावको खिलाफमा मतदान गरिसके पछाडी हामी यो विषयमा फरक ठाउँमा मतदान गर्छौ तर बाँकी रहेको कुरामा संगैसंगै जान्छौं भन्ने कुरा चाँही यो अनैतिक विषय पनि हुन्छ र अराजनीतिक पनि हुन्छ ।’–थापाले भन्नुभयो ।

महामन्त्री थापाले मतदानको बेला पेट दुख्यो भनेर घर बस्ने तर अर्को ठिक भयो भनेर गठबन्धनमा फर्किए भनेर बस्न नसकिने स्ष्ट पारे । ‘कि एमसीसीको पक्षमा मतदान गरे संगै बसौं फरक–फरकमा मतदान गर्ने भएसंगै बस्न सकिदैन’–महामन्त्री थापाले भन्नुभयो । उहाँले एमसीसीलाई यसअघिका सबै कम्युनिष्ट सरकारले विभिन्न निर्णयहरु गर्दै अगाडि बढाएको भन्दै अहिले त्यसको विरोध गर्नु जायज नहुने बताए । ‘कि भन्न सक्नुप¥यो त्यसबेला निर्णय गर्दा हामीले ठूलो अपराध ग¥यौं, भुल ग¥यौं’–महामन्त्री थापाले भन्नुभयो ।

उहाँले एमसीसीलाई लिएर सडकमा संसय व्यक्त गरिएका विषयमा बुँदागत रुपमा स्पष्ट व्याख्या गर्दै सन्धीको रुपमा संसदबाट पारित गर्न सकिने विकल्प रहेको भन्दै सोही अनुसार एमसीसीलाई पास गर्नुपर्ने बताउनुभयो । उहाँले केही दलले चुनावपछि एमसीसी अघि बढाऔं भन्नु दोहोरो चरित्र देखाउनु बाहेक अन्य केही नभएको भन्दै आज गलत भए भोलि पनि गलत हुने बताउनुभयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.