सौन्दर्यकर्मीहरुको भेलाले तिन तहमा कमिटी गठन

सौन्दर्यकर्मी संगठन नेपाल द्वारा आयोजित एकिकृत टे«ड युनियन महासंघ नेपालको चितवन जिल्लामा भएको आजको भेलाले बाघमती प्रदेश, जिल्ला र महानगर कमिटी गरि ३ तहमा कमिटि गठन गरेको छ ।

आपटारीमा भएको सौन्दर्यर्किहरुको भेलाले शुष्मा तामाङको अध्यक्षतामा बाघमती प्रदेश कमिटि गठन गरिएको छ । उपाध्यक्षमा यशोदा वाग्ले, सचिबमा सृजना पाण्डे, सहसचिबमा सपना श्रेष्ठ लामिछाने, कोषाध्यक्षमा सविना खातुन र सदस्यमा अमृता थापा रहेको छ । त्यस्तै सिता गुरुङको अध्यक्षतामा चितवन सौन्दर्यकर्मी संगठन नेपालको कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा सकुन्तला गुरुङ, सचिवमा संगिता श्रेष्ठ, सहसचिवमा ज्ञानु सुबेदी, कोषाध्यक्षमा सुलोचना आचार्य र सदस्यमा शुष्मा तामाङ रहेको छ ।
भरतपुर महानगर पालिका ककिटीको अध्यक्षमा लक्ष्मी अमगाई, उपाध्यक्षमा शान्ति गुरुङ, सचिवमा विमला तामाङ, सहसचिवमा निरमाया महत्तो, कोषाध्यक्षमा अनुपा श्रेत्री र सदस्यहरुमा सृजना आचार्य, प्रमिला श्रेष्ठ र जानुका पुलामी मगर रहेका छन्

कार्यक्रमको प्रमुख अतिथिको रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनाल, विशिष्ट अतिथीको रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठ, विशिष्ट अतिथिकै रुपमा एकिकृत ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष बिष्णु लम्साल, राष्ट्रिय सभा सदस्य गोमा तिमिल्सेना एकिकृत ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य गोविन्द अर्याल, सौन्दर्यकर्मि संगठन नेपालका केन्द्रिय अध्यक्ष अस्मिता श्रेष्ठ, एकिकृत ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष उदय चन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सौन्दर्यकर्मी संगठन नेपालका केन्द्रिय सदस्य अनिता आचार्यले स्वागत मन्तव्य राख्नु चएको थियो भने एकिकृत ट्रेड युनियन महासंघका जिल्ला सचिब विजय चौधरीले संचालन गर्नु भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.