सोमबारदेखि टाँडीको बसपार्कमा फुड फेष्टिबल हुँदै

चितवन । रत्ननगरको टाँडीमा रहेको बसपार्कमा भोली सोमबार देखि चौथो चिकेन एण्ड एग फुड फेष्टिबल सुरु हुने भएको छ । रत्ननगर महोत्सव अन्तर्गत टाँडीचोक र सौराहाचोकको बीचमा पर्ने बसपार्कसंगै जोडिएको ठाँउमा फेष्टिबल आयोजना गरिएको आयोजक रत्ननगर उद्योग बाणिज्य संघले आइतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । संघले फेष्टिबलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

पोल्ट्रीको राजधानी मानिने चितवनमा कुखुराको मासु र अण्डाको खपत बढाउन र महत्व बुझाउन फुड फेष्टिबल आयोजना गरिएको संघका पूर्व अध्यक्ष तथा फेष्टिबलका सल्लाहाकार ज्ञानबहादुर विसुरालले बताए । उनले सो कार्यक्रम फागुन १६ देखि १९ गते सम्म हरेक साँझ ५ बजेदेखि ९ बजे सम्म सञ्चालन हुने पनि जानकारी दिए । बिसुरालले रत्ननगर महोत्सबमा आएका कलाकारले बेलुका फुड फेष्टिबलमा पनि प्रस्तुती पस्कने भएकाले कार्यक्रम निकै रमाइलो हुने बताए ।

२५ वटा स्टल रहने फुड फेष्टिबलमा २० वटा अण्डा र १० वटा कुखुराको मासुको परिकार उपलब्ध गराउने फुड फेष्टिबल संयोजक राजेन्द्र कुमार श्रेष्ठले बताए । फेस्टिभलमा कुखुराका परिकारका अलावा, माछा, बंगुरको परिकार नेवारी खाजा खाना, सास्कृतिक भेसभुषा सहितको स्टल, नेवारी सुकुल भोज, कोरीयन खानाको परिकारहरु बिशेष आकर्षणको रुपमा रहने उनले बताए ।

संघका अध्यक्ष अनिककृष्ण श्रेष्ठले पोल्ट्री र माछाको खपत बढाउने र उपभोगबाट हुने फाइदाका विषयमा जानकारी दिने उद्देश्यले फुड फेष्टिबल आयोजना गरिएको बताए ।

फेस्टिभलका सह–संयोजक तथा कुखुरा ब्यवसायी मञ्च, पूर्वी चितवनका अध्यक्ष हरिकृष्ण खनालले रत्ननगर महोत्सबमा सधैनै कुखुराको मासु तथा अण्डाका परिकारहरु सँगसँगै सास्कृतिक कार्यक्रम बिशेष हुने हुनाले सबैलाई उपस्थित हुनका लागि अनुरोध पनि गरे ।

उनले चिकन एण्ड एग फुड फेस्टिभल भनेर नामाकरण गरिएपनि सो कार्यक्रम सबै खाले खाजा खाना पाइने भएकाले फुड फेस्टिभल भएको जिकिर गरे ।
फुड फेष्टिबल वागमती प्रदेशका पशुपंछी विकासमन्त्री बसुन्धरा हुमागाईले उद्घाटन गर्नेछन । पत्रकार सम्मेलनमा संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी लगायतको सहभागिता रहेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.