नारी दिवसको दिन रत्ननगर महोत्सवमा महिलालाई निःशुल्क प्रवेश

रत्ननगर , फागुन २१
नारी दिवसको अवसरमा रत्ननगर महोत्सवमा महिलाहरुलाई निःशुल्क प्रवेश दिइने भएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा महिलाहरुको सम्मानका लागि प्रवेश निःशुल्क गरिएको संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक अनिल कृष्ण श्रेष्ठले जानकारि दिए ।

समग्र चितवनको गौरव र गरिमामय प्रस्तुतीको नारा सहित फागुन १५ गतेदेखी टिकौली चौरमा सुरु भएको महोत्सव फाल्गुन २३ गतेसम्म संचालन गर्ने भनिएपनि २४ गते नारी दिवस परेका कारण महोत्सव एक दिन थपिएको संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए ।

३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा ४२५ स्टल रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.